२१, मंसिर, मेचीनगर: झापाकाे मेचीनगर नगरपालिका – १४ स्थित बाल सुबाेधिनी माध्यमिक बिद्यालयले हरेक वर्ष झै यसवर्ष पनि “बर्ष उत्कृष्ट आमा सम्मान ” कार्यक्रम सम्पन्न गरेकाे छ ।
बिद्यालय परिसरमा बिहीबार आयाेजित ” वर्ष उत्कृष्ट आमा सम्मान तथा आमा भेला कार्यक्रममा याे वर्षको उत्कृष्ट आमा सम्मान अम्बिका बस्नेतलाई प्रदान गरिएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पाेखरेल उप्रेती, विशिष्ट अतिथिद्वय मेचीनगर वडानम्बर १४ का वडाध्यक्ष बाबुलाल सुब्बा, मेचीनगर शिक्षा शाखा अधिकृत पवित्रा ढकालले दाेसल्ला, अविर टीका र माला पहिर्याएर सम्मान पत्र प्रदान गर्नुभएकाे थियाे ।
बिद्यालयमा अध्ययनरत शैक्षिक सत्र २०७९ काे कक्षा ५ काे वार्षिक परीक्षामा सर्वाेत्कृष्ट जीपीए प्राप्त गर्ने जेहेन्दार छात्र प्रविण बस्नेतकाे माताले बिद्यालयकाे शैक्षिक विकासका पुर्याउनु भएका अतुलनीय याेगदानकाे उच्च मुल्यांकन गर्दै बिद्यालयकाे आमा भेलाकाे अवसरमा आयाेजित कार्यक्रममा ” बाल सुबाेधिनी वर्ष उत्कृष्ट आमा २०८० ” अम्बिका बस्नेतलाई प्रदान गरिएकाे हाे ।
बिद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य शंकरलाल राजवंशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख उप्रेतीले नगरभित्र रहेका हरेक शैक्षिक संस्थामा गुणस्तर सुधार गर्ने उद्धेश्यका साथ स्थानीय सरकार लागि परेकाे भन्दैँ यस्ता कार्यक्रमले शैक्षिक सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।
एउटा बिद्यालयलाई नमूना बिद्यालय बनाउँन स्थानीय सरकारकाे प्रयासमात्र सम्भव नहुने भएकाले शिक्षक, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सदस्य,विद्यार्थी , दाता अभिभावक सवैकाे उत्तिकै भूमिका रहने बताउँनुभयाे । प्रधानध्यापक, शिक्षक, जनप्रतिनिधि , अभिभावक, शिक्षासेवी , विद्यार्थी सबैकाे साथ सहयाेग भए मात्र बिद्यालयकाे शक्षिक स्तर सुधार्न सकिने उहाँकाे भनाई थियाे ।
बाल सुबाेधिनी माध्यमिक बिद्यालय अहिले देशकै नमूना बन्न सफल भएकाे र यसमा सवैकाे उत्तिकै भूमिका रहेकाे स्पष्ट पार्नुभयाे । एउटा शिक्षकले समयअवधिभर बिद्यालयमा बसेर एउटा विद्यार्थीलाई असल संस्कार र शिक्षा प्रदान गर्नुपर्नेमा उहाँकाे जाेड थियाे ।
बिद्यालयले शिक्षक वा भाैतिक संरचना या अन्य कुनै पनि कुराकाे अभाव देखाएर विद्यार्थीलाई उस्काे पढ्न पाउने नसर्गिक अधिकारबाट बञ्चित राख्न नहुने उप प्रमुख उप्रेतीले सुझाव दिनुभयाे ।
विशिष्ट अतिथि मेचीनगर वडानम्बर १४ का वडाध्यक्ष बाबुलाल सुब्बा र मेचीनगर शिक्षा शाखाका शिक्षा अधिकृत पबित्रा ढकालले बाेल्नुभएकाे थियाे । शिक्षक पदमप्रसाद मिश्रले सञ्चालन गर्नुभएकाे कार्यक्रममा शैक्षिक सुधारकालागि आमाकाे निक्कै भूमिका रहने बताईयाे । बिद्यालय व्यवस्थापन समिति सदस्य लाेकेश्वर चाैधरीले स्वागत गरेकाे कार्यक्रममा प्रधानध्यापक
विश्व थापा कार्यक्रमकाे ओैचित्यमाथि प्रकाश पार्नुभयाे ।
यसअघि बार्षिक परीक्षामा सर्वाेत्कृष्ट अंक ल्याउने जीपीए ल्याउने विद्यार्थीकाे आमालाई याे सम्मान प्रदान गरिन्छ भने यसअघि वार्षिक परीक्षामा विद्यालय प्रथम हुने विद्यार्थीकाेआमालाई प्रदान गरिन्थ्यो । १२ जनालाई गरीसकेकाे छ ।