यी हुन् रास्वपाका ४ मन्त्री

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं : नयाँ समीकरण बनेसँगै पुन: सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले चार मन्त्रालय पाएको छ।

गठबन्धनमा भएको सहमतिअनुसार पार्टीले गृह, श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय पाएको रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

उनका अनुसार पार्टीले मन्त्री बन्नेको पनि टुंगो लगाइसकेको छ। यसअघि विना विभागीय मन्त्री नियुक्त भएका पार्टी उपसभापति डोलप्रसाद अर्यालले श्रम मन्त्रालयको जिम्मा पाउने भएका छन्।

गृह मन्त्रालयमा पार्टी सभापति रवि लामिछाने, शिक्षामा सहमहामन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुदमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई पठाउने निर्णय भएको सहमहामन्त्री बुर्लाकोटीले बताए।

उनका अनुसार उनीहरूले आजै साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.