“ब्लक र नारी”

A notice in Nepali from Mechinagar Ward No. 10

शृङ्गारिएपछि ब्लक
लमतन्न सुतेकी छे आगन्तुकको स्वागतमा
र हेर्छे आफ्नो छातीमा
दिनहुुँ
मर्निङ वाकको ताँती,
फूल चोर्नेहरुको भीड,
ट्यूशन पढ्ने केटाकेटी,
कुकुर डुलाउनेहरुको जमात,
उरन्ठेउलाहरुको हन्जा
बिहेको जन्ती,
बिरामी बोक्ने एम्बुलेन्स,
शव बोक्ने बाहन,
आगो निभाउने दमकल,
बलुवा बोक्ने ट्रीपर,
खेत जोत्ने ट्याक्ट्रर ,
मजदूरको साइकल,
तरकारी बेच्ने ठेलागाडी,
पुलिसको गस्ती,
दूध बोक्ने जीप,
माछा, कुखुरा ओसार्ने भेन,
कर्मचारीको मोटर साइकल,
भक्तजनहरुको कलशयात्रा,
व्यावसायीहरुको कार, …………
यति धेरैको जीवन सहज बनाएर,
हरेक दिन
आगन्तुहरुको पैतलासँग खुसी साटिरहन्छे ब्लक
मलाई
ब्लक र नारीको जीवन उस्तै उस्तै लाग्छ ।

सिएन गौतम, भद्रपुर, झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.