३१ असार, मेचीनगर : आफनो जन्मदिनको सुखद अवसरमा झापाको मेचीनगर नगरपालिकाको शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारीले स्थानीय एक सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक शिक्षिकालाई पुरस्कृत तथा सम्मान र विद्यालयको अक्षयकोषमा नगद रकम जम्मा गरिदिनुभएको छ ।
मेचीनगर ५ स्थित बाल कल्याण माध्यमिक विद्यालयबाट एसइइ परीक्षा २०८० मा सामेल भएर सर्वाेत्कृष्ट नतिजा ल्याउन सफल छात्रा अप्सना पुरीलाई पुरस्कार स्वरुप नगद पाँच हजार रुपैयाँ प्रदान गर्नुभएको हो । उपसचिव भण्डारीले आफै विद्यालयमा पुगेर नगद प्रदान गर्दै आफ्नो विषयमा शतप्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल शिक्षक शिक्षिका दिपाकुमार भारती र प्रकाश शर्मा घिमिरेलाई सम्मान गर्नुभएको प्रधानध्यापक नारायणप्रसाद न्यौैपानेले जानकारी दिनुभयो ।
जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी र रचनात्क कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई नगदसहित पुरस्कृत तथा शिक्षक शिक्षिकाहरुलाई सम्मान उपसचिव भण्डारीले थापाले बताउनु भयो । विद्यार्थीलाई शैक्षिक गतिविधीमा थप आकर्षण गर्न र उनीहरुलाई थप प्रोत्साहन गर्न आफुले सहयोग गरेको सहयोगी उहाँको भनाई छ । ‘विद्यार्थीलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्य र जन्मदिनका अवसरमा केही सकारात्मक र रचनातम्क काम गरौँ भन्ने मनमा लागेकाले विद्यार्थीलाई परस्कृत तथा शिक्षक शिक्षिककालाई सम्मान तथा अक्षयकोषमा रकम जम्मा गरेको हुँ । आफ्नो जन्मदिनमा अरू कसैका लागि केही गर्न सकिन्छ भने गर्नुपर्छ । मैले जे सकेँ त्यही गरेको मात्र हुँ ।’उहाँले भन्नुभयो ।
त्यस्तै उपसचिव भण्डारीले विद्यालयले स्थापना गरेको बाल कल्याण मावि बृद्धि विकास सामूहिक अक्षयकोषमा नगद छ हजार एकसय ५१ रुपैयाँ हस्तान्तरण गर्नुभयो । उक्त रकम बराबरको भौचर विद्यालयका प्रधानध्यापक न्यौपानेलाई हस्तान्त्रण गर्नुभयो ।

























