१० मंसिर, मेचीनगर: लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियानकाे पहिलाे दिन आज झापाकाे मेचीनगरमा प्रभात फेरि गरिएकाे छ । हरेक वर्षकाे २५ नाेभेम्बरदेखि १० डिसेम्बर वा (२०८१ मंसिर १० देखि २५ गते) सम्म याे अभियान सञ्चालन हुने गर्दछ ।
“हामी सबैकाे प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यकाे लागि ऐक्यबद्धता ” भन्ने राष्ट्रिय नारासहित मेचीनगर नगरपालिकाकाे महिला बालबालिका तथा समाज कल्याण शाखाले काँकडभिट्टामा प्रभात फेरि र संक्षिप्त काेणसभाकाे आयाेजना गरेकाे थियाे ।
मेचीनगर नगरपालिकाका नगर प्रमुख गाेपालचन्द्र बुढाथोकीकाे प्रमुख आतिथ्यता र उपप्रमुख मीना पाेख्रेल उप्रेतीकाे अध्यक्षतामा भएकाे संक्षिप्त काेणसभालाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक मिमबहादुर लामा, महिला जनचेतना केन्द्र मेचीनगरका संस्थापक अध्यक्ष महिला अधिकारकर्मी राधा प्रधानलगायतले सम्बाेधन गर्नुभयाे ।
सन् १९९९ मा डाेमिनिकन गणराज्य तथा अन्य ७४ वटा सदस्य राष्ट्रले नाेभेम्बर २५ लाई महिलामाथि हुने हिंसाविरूद्धकाे दिवसका रूपमा मनाउन राखेकाे प्रस्तावलाई राष्ट्र संघले स्वीकार गर्दैँ डिसेम्बर १७ मा पारित भएकाे उपप्रमुख उप्रेतीले जानकारी गराउनु भएकाे थियाे ।
नेपालमा पनि २०५४ सालदेखि लैङ्गिक हिंसाविरूद्ध विविध सचेतनामूलक कार्यक्रम गरि अभियान मनाउन शुरू गरिएकाे हाे ।
कानून कार्यान्वयनकाे पक्ष जति मजवुत र दर्हाे हुनुपर्ने हाे , कमजाेर र फितलाे हुँदा याे समस्या ज्यूँ का त्यूँ छ महिला हिंसा राेक्नलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसहरू चलिरहेका छन् । नेपालमा घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ जारी भए पनि प्रभावकारीरूपमा कार्यान्वयन हुन सकेकाे छैन् ।
अन्य राष्ट्रकाे तुलनामा नेपालका महिला कुनै न कुनै विषयमा घरेलु हिंसामा पीडित बन्ने गरेका छन् । महिला अधिकारका क्षेत्रमा क्रियाशील संघ संस्थाले जारी गरेकाे एउटा प्रतिवेदनलाई आधार मान्ने हाे भने,नेपालमामात्र ८० प्रतिशत महिला घरेलु हिंसाका सिकार भएका छन् ।
कार्यक्रममा महिलामाथि हुने सवै खाले हिंसा राेक्न प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत भएकाे छ ।