रिडर्स फेस्टिबलले नयाँ प्रतिभा खोज्न र चेतना जगाउन अभियान सुरु गर्यो: अध्यक्ष आचार्य

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, १३ फागुन : रिडर्स अभियान नेपालका अध्यक्ष सन्तोष आचार्यले गत मंसिरमा आयोजित ऐतिहासिक प्रथम रिडर्स फेस्टिबलले चेतनाको राँको बाल्ने अभियान सुरु गरेको बताएका छन्।

ईटाभट्टामा पत्रकार भेटघाट कार्यक्रम गर्दै अध्यक्ष आचार्यले पठन संस्कृतिको विकासमा योगदान दिने उद्देश्यसहित फेस्टिबल सफलतापूर्वक सम्पन्न भएको बताए। विशेषगरी विद्यार्थी र युवा वर्गलाई साहित्य र पठन संस्कृतिप्रति प्रेरित गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

गत मंसिर २८, २९, र ३० गते सम्पन्न रिडर्स फेस्टिबलमा नेपाल र भारतका करिब १५० विद्यार्थी सहभागी भएका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की तथा निर्णायक मण्डलका संयोजक प्रा. डा. देवी नेपाल उपस्थित थिए।

रिडर्स अभियान नेपालले फेस्टिबलको खर्च विवरण पनि सार्वजनिक गरेको छ। कार्यवाहक कोषाध्यक्ष दीपक तिम्सिनाले तीनदिने फेस्टिबलमा रु. ५,७८,९७० खर्च भएको जानकारी दिए। कार्यक्रमका लागि विभिन्न संघ-संस्थासहित स्थानीय तहबाट रु. ३,६९,७०० संकलन भएको थियो, जसअनुसार रु. २,०९,२७० घाटा भएको बताइएको छ।

घाटा रकम विभिन्न संस्था र स्थानीय तहको सहयोगबाट फर्स्यौट गरिने अपेक्षा गरिएको छ।

अध्यक्ष आचार्यले बुधबारदेखि सुरु हुने रिडर्स झापाको कला-साहित्य उत्सवलाई अभियानले सफल बनाउन योगदान दिने प्रतिबद्धता व्यक्त गरे।

पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष आचार्य, उपाध्यक्ष भगिरथ राई, कोषाध्यक्ष दीपक तिम्सिना तथा अभियानका अन्य पदाधिकारीहरूले उपस्थित पत्रकारहरूको जिज्ञासाको जवाफ दिएका थिए। कार्यक्रमको सञ्चालन रिडर्स अभियान नेपालका सचिव मदन अधिकारीले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.