मेचीनगरको माँ सरस्वती विद्यालयमा शिक्षण सिकाइको परियोजना सुरु

A notice in Nepali from Mechinagar Ward No. 10

१६ चैत, मेचीनगर : मन सरस्वती एजुकेशन फाउण्डेशन अँग्रेजी विद्यालय मेचीनगर–९ ले वालवालिकाहरुको शिक्षण सिकाइमा सुधार गर्ने गरी परियोजना सुरु गरेको छ । हेटौंडाको नवोदय इनोभेटिभ सेन्टरसंगको सहकार्यमा साना कक्षाका विद्यार्थीलाई सिकाईमा आधारित शिक्षण गराउने परियोजना सुरु गरेको माँ सरस्वती एजुकेशन एकाडेमीका प्रिन्सिपल दिपेन्द्र प्रधानले बताए।

प्रिन्सिपल प्रधानका अनुसार इनोभेटिभ सेन्टर र माँ सरस्वती एकाडेमीबीच एक बर्षका लागि परियोजना सञ्चालनका लागि सम्झौता भएको छ । परियोजना सञ्चालन गर्ने गरी चैत १४ गते झापाको धुलाबारीमा माँ सरस्वती एजुकेशन एकाडेमी र नवोदय इनोभेटिभ सेन्टरबीच सम्झौता पत्रमा हस्ताक्षर भएको प्रिन्सिपल प्रधानले बताए। सम्झौता पत्रमा प्रिन्सिपल श्रेष्ठ र इनोभेटि सेन्टरका प्रवन्ध निर्देशक नरेन्द्र कुमार नगरकोटीले हस्ताक्षर गरेका छन् ।

कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीलाई सिकाइमा आधारित शिक्षण गराउने गरी नवोदय इनोभेटिभ सेन्टरले सहजिकरण गर्ने प्रधानले बताए। ‘सिकाइलाई क्रियाकलापमुखी बनाउने योजना ल्याएका हौं,’ प्रिन्सिपल प्रधानले भने, ‘वालवालिका बोल्न सक्ने हुनु पर्छ र क्रमश देखेको कुरा बुझ्ने र लेख्न सक्ने बनाउँछौं ।’ ‘पढ्न नसक्ने विद्यार्थीलाई एक बर्षभित्रमा पढ्न सक्ने बनाउँछौं,’ इनोभेटिभ सेन्टरका प्रवन्ध निर्देशक नगरकोटीले भने, ‘वालवालिकामा पढाई प्रति रुची बढाउँछौं, किताबसंग प्रेम जगाउने उद्देश्य लिएर यो काम गरिरहेका छौं ।’

सुरुमा कक्षा १ देखि ५ सम्म शिक्षण सिकाईमा काम गर्ने र आवश्यकता अनुसार कक्षा ९ सम्मका वालवालिकाहरुलाई पनि परियोजना अन्तर्गत रहेर सिकाईमा सहजिकरण गर्ने नगरकोटीले बताए। पछिल्लो समय किताबप्रति वालवालिकाहरुको रुची घट्नेक्रममा रहेकाले त्यसलाई सुधार गरी उनीहरुको उज्वल भविश्यका लागि विद्यालयले अतिरिक्त लगानी गरेरै भए पनि सिकाई सम्बन्धी परियोजना सुरु गर्न लागेको प्रिन्सिपल प्रधानले बताए। उनका अनुसार यो परियोजना नयाँ शैक्षिक सत्रको सुरुदेखि नै सञ्चालनमा आउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.