अर्जुनधारा , माघ २५ । अर्जुनधारा-४ मदनपुर बस्ने राज अधिकारीको ३ बर्षीया छोरी योजना अधिकारीको गोबर थुपारेको खाल्डोमा परिएर मृत्यु भएको छ ।
आज बिहान पौने १० बजे आफ्नै घरमा जडान गरिएको गोबर ग्यासको आउडल्याडमा उनको डुबेर मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी शनिश्चरेमा जानकारी गराएका थिए ।
करिब ३ फिट गहिरो खाल्डोबाट निकालेर उपचारका लागि बिर्तामोडको बिर्ता सिटी हस्पिटल लगिएको पनि चिकित्सकले बालिकालाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

























