कर्जाको माग बढ्न थाल्यो, निषेधाज्ञामा बैंकले गरे १९ अर्ब लगानी

२५ भदौं, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) थुप्रिएको छ । बंकहरु कर्जा लगानी नभएर गुनासो गरिरहेका छन् । पछिल्लो ३ साता लामो निषेधाज्ञामा पनि कर्जा लगानी बढ्दै गएको देखिएको छ ।

नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुले निषेधाज्ञाकै बीचमा १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । ‘क’ वर्गका बैंकहरुको साउन मसान्तसम्म २८ अर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानीमा रहेको छ । भदौं लागेपछिको १९ दिनमा भने कर्जा लगानी १९ अर्ब रुपैयाँले बढेर २८ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ ।

संघले उपलब्ध गराएको तथ्यांक अनुसार निक्षेपको तुलनामा कर्जा नै धेरै बढेको छ । १९ अर्ब कर्जा लगानी भएको अवधीमा निक्षेप भने १२ अर्ब रुपैयाँमात्रै जम्मा भएको संघले जनाएको छ ।

भदौ १ गते भन्दा अगाडि बैंकहरुमा ३४ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । संघका अनुसार १९ दिनमा बढेर ३४ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप पुगेको छ ।

 

साभार: अनलाइन खबर

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.