मेचीनगर स्तरीय अन्तर स्काउट दल हाजिरीजवाफ प्रतियोगिता भव्य रूपमा सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

१५ जेठ, काँकरभिट्टा :  काँकरभिट्टाको अरुणोदय माध्यमिक विद्यालयमा काँकरभिट्टा रोभर रेञ्जर ओपन क्रियु को आयोजनामा मेचीनगर स्तरीय अन्तर स्काउट दल हाजिरीजवाफ प्रतियोगिता २०८२ सफलता पूर्वक सम्पन्न भएको छ।

प्रतियोगिताको अध्यक्षता मेचीनगर नगर आयुक्त तथा काँकरभिट्टा रोभर रेञ्जर ओपन क्रियु की क्रियु लिडर रीता थापाले गर्नु भएको थियो। कार्यक्रममा कोशी प्रदेश परिषद्का सदस्य तथा सहायक राष्ट्रिय प्रशिक्षक भगिरथ राई प्रमुख अतिथिको रुपमा हुनुहुन्थ्यो।

प्रतियोगितामा मेचीनगर क्षेत्रभित्रका १४ वटा स्काउट दलहरूको सहभागिता रहेको थियो। प्रारम्भिक चरणपछि उत्कृष्ट ७ दलहरू अन्तिम चरणमा प्रवेश गरेका थिए।

अन्तिम चरणको प्रतिस्पर्धामा काँकरभिट्टा स्काउट दल प्रथम, तारापुन्जा स्काउट दल द्वितीय र होलीबेल स्काउट दल तृतीय स्थान हासिल गर्न सफल भए। विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा मेचीनगर स्थानीय सदस्यता वृद्धि आयुक्त सुवास खत्री, स्काउटर शान्ति पालुवा, दिपक राय एवम् गीता मगरको आतिथ्यता रहेको थियो भने नगर शैक्षिक पद्धति आयुक्त सुषमा सुब्बाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन स्काउटर आनन्द शम्शेर बोहराले गर्नुभयो भने हाजिरीजवाफ प्रतियोगिताको क्विज मास्टरको भूमिका रोभर सरगिन निरौलाले निर्वाह गर्नुभयो। कार्यक्रको समन्वयकर्ताको भूमिका रेञ्जर सुकु तामाङ्गले निर्वाह गर्नुभएको थियो।

कार्यक्रममा सहभागी सम्पूर्ण स्काउट दलहरू, स्काउटहरू, रोभर–रेञ्जरहरू तथा स्काउटरहरूप्रति आयोजक काँकरभिट्टा रोभर रेञ्जर ओपन क्रियुले हार्दिक आभार व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.