करफोकमा पर्यटन पत्रकारिताको तालिम : प्रकृति र संस्कृतिको कथा लेख्दै

A notice in Nepali from Mechinagar Ward No. 10

इलामको सूर्योदय नगरपालिका–५, करफोकमा पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि तीनदिने पर्यटन पत्रकारिता तालिम सुरु भएको छ। तालिमको उद्घाटन प्रतिनिधिसभा सदस्य महेश बस्नेतले आज एक कार्यक्रमबीच गरे।

बस्नेतले उद्घाटन मन्तव्यमा प्रकृति र संस्कृतिको संरक्षण र प्रवर्द्धन बिना दीगो पर्यटन सम्भव नभएको स्पष्ट पारे। उनले स्थानीय, प्रदेश र संघ तीनै तहको सरकारबीच समन्वय नहुँदासम्म पर्यटनको यथोचित विकास नहुने जिकिर गरे। सडक संरचनाले पर्यटकीय क्षेत्रलाई सहज पहुँच दिएर मात्र त्यो सम्भव हुने उनले उल्लेख गरे।

तालिममा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव चन्द्र भण्डारी, पर्यटन कार्यालय काँकरभिट्टाका अधिकृत निरोज कट्टेल, करफोक खलंगा सामुदायिक होमस्टेका परिकल्पनाकार चन्द्र सापकोटा र पर्यटन पत्रकार मञ्च झापाका अध्यक्ष विनोद पाण्डे लगायतले शुभकामना मन्तव्य दिएका थिए।

तालिम नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा, पर्यटन पत्रकार मञ्च झापाको समन्वयमा र पर्यटन कार्यालय काँकरभिट्टाको सहकार्यमा सञ्चालित भएको हो। उद्घाटन समारोहमा महासंघ झापाका अध्यक्ष एकराज गिरीले अध्यक्षता गरे भने स्वागत उपाध्यक्ष सुब्रत न्यौपाने र सञ्चालन सहसचिव तिलक योञ्जनले गरे।

तालिममा काँकरभिट्टाका पर्यटन अधिकृत निरोज कट्टेल, लोकपरिकारका अनुसन्धानकर्ता केदार शर्मा र पत्रकार विराट अनुपमले सहजीकरण गरिरहेका छन्। कार्यक्रममा झापा, इलाम, पाँचथर र ताप्लेजुङका करिब ४० जना पत्रकारको सहभागिता रहेको छ।

पर्यटन पत्रकारिता नेपालमा अझै संस्थागत रूपमा विकसित भइनसकेको क्षेत्र हो। तर, पूर्वका विभिन्न पर्यटकीय स्थलहरूको प्रचारप्रसार, होमस्टे प्रवर्द्धन, संस्कृति संरक्षण र डिजिटल लेखनका माध्यमबाट पर्यटन संवर्द्धन गर्ने उद्देश्यले यस्तो तालिमको माग बढ्दो छ। करफोकजस्तो ग्रामीण र सांस्कृतिक सम्भावनायुक्त क्षेत्रमा यस्ता तालिमले स्थानीय पर्यटनको दीगो विकासमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.