ट्रिपर दुर्घटनाका पीडितलाई न्याय माग्दै आन्दोलनको चेतावनी

A notice in Nepali from Mechinagar Ward No. 10

चारआली, जेठ २१: झापाको मेचीनगरमा भएको एक गम्भीर ट्रिपर दुर्घटनाका पीडित दम्पतीले न्याय नपाएको भन्दै सवारी दुर्घटना सहयोग तथा समन्वय समिति मेचीनगर-१३ ले चरणबद्ध आन्दोलनको चेतावनी दिएको छ। १७ दिनअघि भएको घटनाका दोषी ट्रिपर सञ्चालकलाई हालसम्म प्रहरीले छलफलमा उपस्थित गराउन नसकेको भन्दै समितिले प्रशासनको स्पष्ट जवाफ नआए कडा आन्दोलनमा उत्रने बुधबार (आज) पत्रकार भेटघाटमा बताएको हो।

गत जेठ ४ गते झापाको मेचीनगर–१४ दुहागढीमोडमा स.१ क १८१ नम्बरको ट्रिपरले मोटरसाइकलमा सवार दम्पती मानप्रसाद लिम्बू र टीकाकुमारी लिम्बूलाई पछाडिबाट ठक्कर दिएको थियो। यो दुर्घटनाबाट मानबहादुरको कम्मरमुनिको भागमा गम्भीर चोट पुगी अण्डकोष निस्किएको छ भने, टीकाकुमारीको दुवै खुट्टाको घुँडामुनि चक्का कुदेकाले दुवै खुट्टा काट्नुपरेको छ।

पीडित दम्पती हालसम्म बिएण्डसी अस्पतालमा उपचाररत छन्। समितिका संयोजक लालबहादुर थेवेले पत्रकारहरूसमक्ष जानकारी दिँदै उनीहरूको उपचारमा हालसम्म ३० लाख रुपैयाँभन्दा बढी खर्च आइसकेको बताए। ट्रिपर सञ्चालक विकास निर्माण सेवा प्रालीका प्रोपाइटर मन्टुन भनिने नन्दकिशोर शाह दुर्घटनापछि फरार रहेको र पटकपटक प्रहरीलाई जाहेरी दिँदासमेत प्रहरीले आलटाल गरेको आरोप संयोजक थेवेको छ।

“आज हामीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पीडकलाई नियन्त्रणमा लिएर पीडितको औषधि उपचार खर्च जुटाउन भन्दै ज्ञापन पत्र बुझाएर आएका छौं,” संयोजक थेवेले भने, “प्रहरी प्रशासनसँग फरार भएका ट्रिपर साहु शाहलाई अविलम्ब उपस्थिति गराई घाइतेको औषधि उपचार खर्च वहन गराउन आग्रह गरेका छौं। उक्त आग्रहलाई पनि प्रहरी प्रशासनिक क्षेत्रबाट सहयोग नगरे चरणबद्ध सडक आन्दोलन गर्नेछौं।”

लिम्बू दम्पतीका एक छोरी र दुई छोरा छन्। दुवै अभिभावक अस्पतालमा उपचाररत हुँदा बालबालिका विक्षिप्त बनेका छन्। हालसम्म समितिले करिब १० लाख रुपैयाँभन्दा बढी रकम जुटाइसकेको छ। अस्पतालले केही दिनभित्रै थप खर्च डिपोजिट गर्न भनेको समितिका सदस्य फुर्वा लामाले जानकारी दिए।

पत्रकार सम्मेलनमा अर्जुन थेवे, सामुहाङ लिम्बू, नरेन्द्र धिमाल, सोनाम तामाङ र निरु परियार लगायतले प्रहरीले सवारीधनीलाई तत्काल उपस्थिति गराउनुपर्ने र उपचारको सम्पूर्ण खर्चको जवाफदेही प्रहरीले लिनुपर्ने माग गरेका थिए। यो घटनाले सवारी दुर्घटनाका पीडितले न्याय पाउन भोग्नुपर्ने कठिनाइलाई उजागर गरेको छ र प्रशासनको सक्रियतामाथि प्रश्न उठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.