काठमाडौँ-१ अपडेट: सर्वदलीय बैठक सम्पन्न, बानेश्वरमा आजै राति १० बजेदेखि मतगणना सुरु हुँदै

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ। बानेश्वरस्थित सहकारी प्रशिक्षण केन्द्रमा भर्खरै सम्पन्न सर्वदलीय बैठकले आजै राति १० बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको छ।

मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार मतगणनालाई व्यवस्थित बनाउन तारजाली र सीसीक्यामेरासहितको सुरक्षा प्रबन्ध मिलाइएको छ। जनताको कौतुहलतालाई सम्बोधन गर्न प्रत्येक दुई–दुई घण्टामा मतपरिणामको आधिकारिक अपडेट सार्वजनिक गरिनेछ। रातभर गणना गरी शुक्रबार बिहानसम्ममा अन्तिम नतिजा दिने लक्ष्य आयोगको छ।

यस क्षेत्रमा दिग्गज र चर्चित युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ:

  • प्रबल थापा: नेपाली कांग्रेस

  • मोहनराज रेग्मी: नेकपा (एमाले)

  • मेनुका भण्डारी: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)

  • रञ्जु दर्शना: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) — केही दिनअघि मात्र सुत्केरी भएकी रञ्जु अस्पतालबाटै चुनावी अपडेट लिइरहेकी छिन्।

  • रविन्द्र मिश्र: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

काठमाडौँको यो ‘कोर’ क्षेत्रमा कसले बाजी मार्ला भन्ने विषयलाई राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.