काठमाडौँ-१ मा रञ्जु दर्शनाको सानदार विजय: “धोका दिनेहरूको ढोका बन्द भयो, वास्तविक लडाइँ अब सुरु भयो”

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शना न्यौपाने निर्वाचित हुनुभएको छ। निर्वाचन आयोगले आज शुक्रबार दिउँसो औपचारिक रूपमा उहाँको विजयको घोषणा गरेको हो।

निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै न्यौपानेले यो जितलाई ‘वैकल्पिक राजनीति’ र ‘विवेकशील राजनीति’ को साझा जितका रूपमा चित्रण गर्नुभएको छ। ३५–३६ वर्षदेखि एउटै अनुहार र शक्तिलाई झेल्दै आएका मतदाताले यसपटक परिवर्तन रोजेको उहाँको दाबी छ।

विजयी प्रतिक्रियाका मुख्य अंशहरू:

  • मतदाताको सन्देश: “३५–३६ वर्षदेखि बारम्बार नेपाली नागरिकलाई धोका दिनेहरूका लागि मतदाताले ढोका बन्द गरिदिएका छन्। यो हाम्रा लागि निकै सुखद् कुरा हो।”

  • वास्तविक लडाइँ अब: “यो निर्वाचन विशेष परिस्थितिमा भएको थियो। जितसँगै चुनौती पनि थपिएको छ। काम गरेर देखाउनैपर्ने दबाब छ, त्यसैले हाम्रो ‘रियल फाइट’ त अब सुरु हुँदैछ।”

  • कृतज्ञता ज्ञापन: उहाँले आफूलाई भारी बहुमतले निर्वाचित गराएकोमा काठमाडौँ–१ का सम्पूर्ण मतदातालाई विशेष धन्यवाद र कृतज्ञता व्यक्त गर्नुभएको छ।

रञ्जु दर्शनाले यस क्षेत्रमा नेपाली कांग्रेसका प्रबल थापा र राप्रपाका रविन्द्र मिश्र जस्ता प्रतिस्पर्धीलाई पछि पार्दै संसदको यात्रा तय गर्नुभएको हो। २०७४ मा काठमाडौँको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी रञ्जुको यो संसदीय यात्रालाई नेपाली राजनीतिमा युवा नेतृत्वको उदयका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.