मेचीनगरमा थप १ जना कोरोना संक्रमितको निधन

A notice in Nepali from Mechinagar Ward No. 10

१६ जेठ, काँकरभिट्टा । मेचीनगर‐६ काँकरभिट्टाका कोरोना संक्रमित पुरुषको निधन भएको छ ।

दुई हप्ताअघि स्वास्थ्यमा समस्या आएपछि जेठ ९ गते एन्टिजिन परीक्षण गर्दा उनको नतिजा पोजेटिभ आएको थियो ।

वडा अध्यक्ष ललित तामाङका अनुसार प्रारम्भीक परीक्षणकै क्रममा अक्सिजन लेभल कम देखिपछि सोही दिनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

सुरुमा धाइजन आइसोलेसन सेन्टर लगिएकोमा थप उपचार आवश्यक भएपछि उनलाई मेची अञ्चल अस्पताल भद्रपुर भर्ना गरिएको थियो ।

उपचारकै क्रममा आइतबार विहान ५ बजे उनको निधन भएको वडा अध्यक्ष तामाङले बताउनु भयो ।

काँकरभिट्टास्थित भट्टराई चौकमा पान पसल गर्ने  ६५ बर्षीय उनी श्रीमतीको साथमा डेरामा बस्दै आएका थिए ।

आफ्ना आफन्तहरु मोरङमा रहेका कारण दाहसंस्कारका लागि मोरङको पथरी लैजाने तयारी भइ रहेको तामाङले जानकारी दिनु भयो ।

योसँगै मेचीनगरमा कोरोना संक्रमण पछि निधन हुनेको संख्या १७ पुगेको छ । जसमध्ये वडा नम्बर ६ का मात्र ७ जना रहेका छन् ।

मेचीनगरमा शनिबार एक संक्रमित पुरुषको निधन हुँदा शुक्रबार दुई पुरुषले ज्यान गुमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.