झापामा सवारी नियम नमान्ने सबैभन्दा बढी मोटरसाईकल

चार महिनामा ३ हजार ९ सय ९२ वटा मोटरसाइकल कारबाहीमा

A notice in Nepali from Mechinagar Ward No. 10

७ मंसिर, मेचीनगर : झापामा सवारी नियम उल्लंघन गर्ने सवारी साधनमा सबैभन्दा बढी मोटरसाइकल छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले यसलाई पुष्टि गर्दछ ।

कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८÷२०७९ को पहिलो चार महिनामा ११ हजार ७ सय ५० वटा विभिन्न खाले सवारी साधन कारबाहीमा परेका छन् । ती मध्ये सवैभन्दा बढी ३ हजार ९ सय ९२ वटा त मोटरसाइकल नै रहेको कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक निषेश चापागाईँले जानकारी दिनुभयो ।

सबैभन्दा कम यात्रुवहाक बस छन् । कार्यालयले चालु आर्थिक वर्ष २०७८÷२०७९ को पहिलो चार महिनामा ११ हजार ७ सय ५० वटा सवारी साधनलाई कारबाही गर्दा ८० लाख ९१ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । मोटरसाइकलबाट २९ लाख ४६ हजार र ५ सय ६२ वटा यात्रुवहाक बस कारवाही गर्दा ३ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको प्रमुख ट्राफिक प्रहरी निरीक्षक चापागाईँले जानकारी दिनुभयो ।

मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, सवारी चालक अनुमती पत्र नबोक्ने, तीब्र गतिमा सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने, सवारी साधनको यान्त्रिक अवस्था दुरुस्त नराख्ने सवारीधनी र चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.