मेचीनगरमा अत्यावश्यक सेवा तथा कार्य बाहेक सवै सेवा बन्द

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, २४ जेठ: आगामी जेठ मसान्तसम्म मेचीनगर नगरपालिकाले प्रदान गर्ने अत्यावश्यक सेवा तथा कार्य बाहेक नगरकार्यपालिका केन्द्र तथा वडा कार्यालयबाट सञ्चालन हुने सेवा बन्द गर्ने निर्णय भएको छ ।

नगरपालिकामा कार्यरत अधिकाँश कर्मचारीमा कोभिड १९ को संक्रमण देखिए लगत्तै मेचीनगर नगरकार्यपालिकाको सोमबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले जानकारी दिनुभयो । उहाँका अनुसार वैठकले मेचीनगर नगरकार्यपालिकाको कार्यालयसहित १५ वटै वडामा अत्यवश्यक सेवा बाहेकका सवै कार्य बन्द गर्ने निर्णय गरेको हो । यति कसैलाई अत्यावश्यक सेवा तथा कार्य लिनुपर्ने भए सम्बन्धित वडाको वडाध्यक्षसँग सम्पर्क गर्नुपर्ने छ ।

कर्मचारीमा कोभिड १९ को संक्रमण देखिएका कारण नगरपालिका आउने सेवाग्राही (नागरिक)को स्वास्थ्यलाई ध्यानमा राखेर भीडभाड कम होस भनेर जेठमसान्तसम्म फोहोर मैला संकलन, स्वास्थ्य सेवा, बारुण यन्त्रबाहेकका अन्य सेवा बन्द गरिएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताउनुभयो । साथै बैठकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणको निर्णय कार्यान्वयमा सहयोग पुर्याउन नगरवासी, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी र गैरकारी संस्था, स्थानीय प्रहरी प्रशासनलगायत सवैमा नगरपालिकाले आग्रह गरेको छ ।

मेचीनगरका एकजना वडा अध्यक्ष र एकजना कर्मचारीको कोभिड संक्रमणकै कारण मृत्यु भइसकेको छ भने एकजना कर्मचारी कोभिडको उपचारकालागि अस्पताल भर्ना छन् । आइतबारमात्रै थप एक कर्मचारीमा कोभिड १९ संक्रमण देखिएको छ । कोभिड १९ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय झापाले यसअघि नै जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.