राप्रपाको एकताको अधिवेशन

अध्यक्षमा सविना

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा, ६ चैत | संघीय सांसद् राजेन्द्रप्रसाद लिङ्देनले अहिले देशले जुन अवस्था व्योहोरिरहेको छ यो कुनै एक व्यक्ति र एउटा राजनीतिक पार्टीका कारणले नभएर अहिलेको राज्य व्यवस्थाका कारण यो अवस्था आएको दावी गर्नुभएको छ ।

शुक्रबार झापाको मेचीनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर समितिको पार्टी एकता अधिवेशनलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गदैं पार्टीका महामन्त्री समेत रहनु भएका सांसद् लिङ्देनले अहिले धेरै मानिसले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्यूनिष्ट पार्टी असफल भएकै कारण देश फेरि अस्थिरतातर्फ थकेलिएको बताए पनि कुनै एक व्यक्ति र राजनीतिक दलका कारण यो देशले असफलता र अस्थिरता नव्योहोरेको र अहिले राज्य व्यवस्था असफल भएकाले यो दुदर्शा निम्तिएको उहाँको तर्क थियो ।
जुन कुरा राष्ट्रिय प्रजातन्त्र पार्टीले यसअघि नै देखेको तर्क अघि सादैं उहाँले जनबाटो खासगरि २०६२÷२०६३ राजनीतिक परिवर्तन भन्दा अघि वा त्यो आन्दोलन हुनु अघि त्यसको पृष्ठिभूमि निर्माण गर्ने क्रममा दिल्लीमा नेपालका सवै राजनीतिक दलहरुलाई विदेशीहरुको संयोजनमा र निमन्त्रणामा जुन एजेण्डा बोकेर नेपाल पठाईयो त्यस बेला नै आफ्नो पार्टीले यो गलत संस्कारको विकास भयो भनेर बताईरहेको उहाँको भनाई थियो ।

नगर अध्यक्ष सुशील आचार्यको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु भक्तिप्रसाद सिटौला, रोशन कार्की,झापा अध्यक्ष अम्बर विष्ट, महिला संगठन झापाका अध्यक्ष राधा कार्की, पत्रकार जिएन शर्मालगायतले बोल्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापनाकालदेखि पार्टीले लिएको नीति सिदान्तको पालना गदैं विभिन्न विषम परिस्थितीमा समेत अविचलित  रहनुभई अनवरतरुपमा पार्टीप्रति क्रियाशील रहि पार्टी संगठनको विभिन्न जिम्मेवारी कुशलतापुर्वक निर्वाह गरेको भन्दैं लोकबहादुर मगर, नरप्रसाद लामिछाने, बमबहादुर ठटाल, टंकप्रसाद खनाल, लोकमाया सुब्बा र दुर्गादेवि महतलाई सम्मान गरिएको थियो ।

प्रमुख अतिथि विशिष्ट अतिथिहरुले सम्मान पत्र प्रदान गदैं दोसल्ला पहिर्याउनुभएको थियो । कार्यक्रममा विभिन्न पार्टी परीत्याग गरी राप्रपामा प्रवेश गर्नेलाई पार्टीको सदस्यता प्रदान गरिएको थियो ।

साथै अधिवेशनले सविना बजगाईको अध्यक्षतामा १५ सदस्यीय मेचीनगर समिति चयन गरेको  छ । कार्यसमितिको पहिलो बैठकले अन्य पदाधिकारीको चयन गर्नै निवर्तमान अध्यक्ष सुशील आचार्यले बताउनुभयो । कार्यक्रमको सञ्चालन सचिव चन्द्रप्रसाद निरौलाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.