स्व. गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण

A notice in Nepali from Mechinagar Ward No. 10

धुलाबारी । झापाको धुलाबारीमा नेपाली काँग्रेसका पूर्व सभापति तथा प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण गरिएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय प्रवक्ता तथा केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले शनिबार एक कार्यक्रमका बीच सालिकको अनावरण गरे ।

नेपाली काँग्रेस क्षेत्रीय समिति क्षेत्र नम्बर १ को आयोजनामा पार्टी क्षेत्रीय कार्यालय धुलावारीमा आज आयोजित सालिक अनावरण कार्यक्रमका प्रमुख अतिथि काँग्रेस प्रवक्ता शर्माले सालिक अनावरण गरेका हुन् ।

जन आन्दोलन ०६२/०६३ को नेतृत्व लिएका नेपाली काँग्रेसका शिखर पुरुष कोइरालाको ११ औं स्मृति दिवसको अवसर पारेर कोइरालाको सालिक अनावरण गरिएको हो ।

अनावरण कार्यक्रममा केन्द्र, जिल्ला, क्षेत्रीय तहका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो । शिखर पुरुष कोइरालाको सालिकलाई पार्टी क्षेत्र नम्बर १ क्षेत्रीय कार्यालय भवनको बाहिरी बरण्डामा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.