मेचीनगरमा शुक्रबारबाट चौँथो प्रदेश नं १ स्तरीय रोलिङ च्यालेन्ज नकआउट फुटवल प्रतियोगिता शुरु

उद्घाटन खेलमा रेड हाउस फुटबल क्लब इलामको विजयीयात्रा शुरु

A notice in Nepali from Mechinagar Ward No. 10

धुलाबारी, ७ चैत | झापाको मेचीनगरमा शुक्रबारबाट चौँथो प्रदेश नं १ स्तरीय रोलिङ च्यालेन्ज नकआउट फुटवल प्रतियोगिता शुरु भएको छ । धुलावारी माध्यमिक विद्यालयको खेल मैदानमा भएको प्रतियोगिताको उदघाटन खेलमा रेड हाउस फुटबल क्लब इलामले जीत दर्ता गरेको छ । प्रतिस्पर्धी न्यू स्टार फुटबल क्लब सुनसरीमाथि २-१ को जीत इलामले निकालेको हो ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका दुवै टिम भने मध्यान्तरपछि अलि आक्रमकरुपमा मैदान उत्रिएका थिए । मध्यान्तरपछिको २७ औँ मिनेटमा न्यू स्टार फुटबल क्लब सुनसरीका दिनेश राईले इलामका हरि सिटौलालाई डि बक्स भित्र लडाईपछि पाएको पेनाल्टीको अवसर लिएर पासाङ्ग शेर्पाले गरेको प्रहार सुन्दर गोलमा परिणत भएको थियो । विकेश लिम्बुले लगत्तै ३२ औं मिनेटमा गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

२ शुन्यले अघि बढेको खेलमा इलामका हरि सिटौलाले ७४ मिनेट अत्मघाती गोल गरेका थिए । शुरुदेखि नै सुनसरीले इलामलाई आफ्नो नियन्त्रणमा राखे पनि नतिजा भने निकाल्न सकेन् । भोलीको खेल शिवसताक्षी फुटबल क्लब झिलझिले र पथरी फुटबल क्लब बीच हुने आयोजक क्लबका सचिव महेश खड्काले जानकारी दिनुभयो । रोलिङ क्लब धुलाबारीको आयोजनामा शुरु प्रतियोगिताको १४ गते हुने फाइनल खेलमा विजेताले खेलमा विजेता टिमलाई २ लाख र उपविजेता टिमलाई १ लाख नगदसहित ट्रफि प्रदान गरिने छ ।
खेलमा आयोजक रोलिङ क्लब, एपिएफ फुटबल क्लब झुम्का, रेडहर्स फुटबल क्लब इलाम, न्यू स्टार फुटबल क्लब सुनसरी, चारआली–धाइजन फुटबल क्लब मेचीनगर, पथरी फुटबल क्लब मोरङ, कर्णसिंघ सोनाम फुटबल क्लब ताप्लेजुङ र शिवसताक्षी फुटबल क्लब लगायतको टोलीले सहभागिता जनाएका छन् । आयोजक क्लबका अध्यक्ष नोवेम्बर विक्रम नेम्वाङको सभापतित्वमा भएको खेलमा प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती,वडानम्बर १० का वडाध्यक्ष सुदय पनेरु, एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आलेलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

खेल सम्पन्न गर्न २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने खेलको मुख्य प्रायोजक मेचीनगर–१० नम्बर वडा कार्यालय रहेको आयोजकले जनाएको छ । प्रायोजकले प्रथम र दोस्रो पुरस्कारको राशी उपलब्ध गराउने भएको छ । मेचीनगरमा खेल क्षेत्रमा लामो इतिहास बोकेको धुलाबारी रोलिङ क्ल्बलाई क्रियाशील बनाएर युवा नेतृत्वले खेल प्रेमीहरुलाई उत्साह थपेको सहभागि वक्ताहरुको भनाई छ ।

मेचीनगरका खेल प्रेमीहरुको लागि कुनै समय राम्रो प्लेट फर्मको रुपमा स्थापित रोलिङ क्लब केहि वर्ष यता निष्क्रीय झै थियो । सुतेको अवस्थामा थियो’, उनले भने– ‘तर अव नया युवा साथीहरु लाग्नु भएको छ । कोभिडका कारण लामो समय सम्म खेल क्षेत्र प्रभावित भएको भन्दै आगामी दिनमा परिस्थिति केहि सहज बनेको उहाँहरुको भनाइ थियो । मेचीनगर खेल प्रेमीहरुको लागि हवको रुपमा विकास हुँदै गएको । स्वास्थ्यका लागि पनि पछिल्लो समय फुटबल प्रति युवाहरुको आकर्षण बढ्दै गएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.