काँकरभिट्टा | आगामी मंसिर पहिलो साताबाट मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको कक्षा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

मेचीनगर नगरपालिकाको शिक्षा शाखाले शुक्रबार नगरप्रमुख विमल आचायृको सभाकक्षमा आयोजना गरेको पत्रकार सम्मेलन गरी कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधारदेखि सवै तयारी भएको जानकारी गराएको हो ।

मेचीनगरक्षेत्रमा प्रविधिक शिक्षा उच्च तहको अध्ययनको आवश्यतकालाई मध्य नजर गरी न्यूनतम शुल्कमा प्राविधिक शिक्षा प्रदान गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन लिई आर्किटेक्चर इन्जिनियरिङ र सुचना प्रविधि को ३ वर्षे डिप्लोमा तहका २ वटा कार्यक्रम सञ्चालन हुने पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा प्रिन्सिपल इन्जिनियर रुद्र मैनालीले जानकारी दिनुभयो ।
इन्जिनियरिङका विविध विधाहरुमध्ये आर्किटेक्चर इन्जिनियरिङ एक प्रमुख र लोकप्रिय विधा भएको मैनालीको भनाई थियो । विकसित देश विकासोन्मुख देश र अति कम विकसित देशका धेरै मानिसलाई आर्किटेक्चर इन्जिनियरिङको वृहत प्रयोगका लागि जोड दिने गरेको पत्रकार सम्मेलनमा इन्जिनियर मैनालीले जानकारी दिनुभयो ।यसले भौतिक पूर्वाधारको चौतर्फी विकासका लागि विश्वलाई सहयोग गरिरहेको भन्दैं यसले सार्वजनिक र निजी दुबै क्षेत्रहरुमा पेसा र स्वरोजगारका अवसर सिर्जना गरेको उहाँको दाबी छ । यो पाठ्यक्रम नेपालको राष्ट्रिय आर्थिक विकासमा योगदान पुर्याउन आवशइक पर्ने जनशक्तिको माग पूरा गर्नका लागि आर्किटेक्चर इन्जिनियरिङ सम्बन्धी ज्ञान र सीप भएका मध्यम स्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्घेश्यले तयार गरिएको उहाँले बताउनुभयो । यसैगरी सूचना प्रविधि इन्जिनियरिङ र प्रविधिको उदयीमा क्षेत्र भएको उहाँको भनाई छ ।

सामुदायिक तथा निजी संस्थाहरुमा सूचना प्रविधिसम्बन्धी सेवा दिनसक्ने मध्यम स्तरीय दक्ष प्राविधिक मान संसाधन उत्पादन गर्ने, सामुदायिक तथा निजी संस्थाहरुका सामान्य सञ्चार बैकिङ्ग, तथा व्यापारका निश्चित क्षेत्रहरुमा काम गर्न सक्ने प्राविधिकहरु तयार गर्नु, पेसा तथा सामाजिक सांस्कृतिक मूल्य मान्यताप्रति सकरारात्मक सोच राख्ने प्राविधिक जनशक्ति तयार गर्ने, नेपालको सार्वजनिक र निजी संस्थाहरुका लागि आवश्यक पर्ने सूचना प्रविधिसम्बन्धी प्राविधिकहरुको माग पूरा गर्नु । विदेशी प्राविधिक रोजगारहरु प्रतिको परनिर्भरता घटाउनु र अत्यवधिक स्वरोजगारीका अवसर सिर्जना गर्नु यस कार्यक्रमका मुख्यः उद्घेश्य रहेको भण्डारीले बताउनुभयो । अध्ययनका लागि माध्यमिक शिक्षा परीक्ष मा गणित र विज्ञान बिषयमा न्यूनतम सी ग्रेड तथा अंग्रजीमा डी प्लस गरेको हुनुपर्नै तथा विगताको एसएलसी उतीर्ण विद्यार्थीहरुका हकमा गणित, विज्ञान अंग्रेजी विषयक लिएको हुनुपर्ने आवश्यक योग्यता कायम गरिएको छ ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले ‘प्राविधिक विषय पढौं स्वरोजगार बनौं ’भन्ने मुलमन्त्रलाई आत्मसाथ गरेर नगरपालिकाले मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको सञ्चालन गरेको बताउनुभयो । नगरपालिकाको नीति तथा कार्यक्रममा प्राविधिक शिक्षाको विषयलाई प्राथमिकतामा राखेको समेत बताउनुभयो ।




































