भद्रपुरनाकाबाट आयात बढ्यो

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा, १९ मंसिर । भद्रपुर नाकाबाट आयात बढेको छ ।
चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकमा भद्रपुर नाका हुदैं ४६ करोड ६६ लाख रुपैयाँ मूल्य बराबरका सामान आएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा १९ करोड ९० लाख रुपैयाँ मूल्य बराबरका सामान आयात भएको कार्यालयको अभिलेखले देखाएको छ ।

चालु आर्थिक वर्षको पहिलो चौमासिक र अघिल्लो आर्थिक वर्षको सोहि अवधि तुलना गर्दा २६ करोड ७६ लाख रुपैयाँ मूल्य बराबरको आयात बढेको छ । भन्सार अधिकृत फणिन्द्र खतिवडाले दिएको जानकारी अनुसार नोवल कोरोना भाइरस कोभिड १९ को महामारीका कारण पनि आयात बढेको हो । हरेक सीमानाकामा आवत जावतमा कडाई र प्रत्येक ठाउँमा प्रहरीको सुरक्षा गस्ती अनि सीमाक्षेत्रमा सशस्त्र प्रहरीको बोडर आउट पोष्ट स्थापनाले पनि आयातमा बृद्घि भएको उहाँको भनाई छ ।

सीमामा कडाई र सशस्त्र प्रहरीको बोडर आउट पोष्ट स्थापनाले गर्दा अहिले हरेक व्यपारीहरुले सोझै भन्सार महशुल बुझाएर लैजाने गरेका कारण अघिल्लो आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा भन्दा चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा आयात बढेको भन्सार अधिकृत खतिवडाको भनाई छ ।

भन्सार भएर सामान आयातबढेंसँगै राजस्व संकलनमा समेत उल्लेखिय प्रगति भएको कार्यालयको भनाई छ । कार्यालयले पहिलो चौमासिक अवधिमा ५ करोड ३३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको भएपनि १३ करोड ९७ लाख रुपैयाँ राजस्व गरेको खतिवडाले जानकारी दिनुभयो । लक्ष्यको तुलनामा असुली ८ करोड रुपैयाँले बढी हो । गतवर्ष पहिलो चौमासिक अवधिमा ७ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको भएपनि ५ करोड ९८ लाख रुपैयाँ असुली गरेको थियो । भन्सार विभागले आर्थिक वर्ष २०७७÷२०७८ मा कार्यालयलाई १६ करोड ९० लाख रुपैयाँ राजस्व संकलन गर्ने वर्षिक लक्ष्य दिएको छ । बिहारको गलगलिया, ठाकुरगञ्ज, किसानगञ्जनाका बाट भद्रपुर हुदैं प्रमुखरुपमा चिया उद्योगका लागि प्याकिङ गर्ने कच्चा पदार्थ, सुर्ती खैनी अत्यधिकरुपमा तथा कपडा, जुत्ता चप्पल सामान्यरुपमा आयात हुने गरेको छ । भद्रपुर भन्सार कार्यालयको मातहतमा पाठामारी, केचना, घेरावारी पन्थापाडा र कुमोरखोद गरी पाँचवटा छोटी भन्सार कार्यालय रहेपनि केचना र कुमोरखोदमात्र सञ्चालनमा रहेका छन् ।

यस अघि भद्रपुर भन्सार कार्यालय मेची भन्सार कार्यालय काँकरभिट्टा अन्तर्गत छोटी भन्सारको रुपमा रहेको थियो । सशस्त्र द्वन्दका बखत बिस्थापित भएर बन्द भए पनि यो छोटी भन्सार कार्यालय सञ्चालनमा थियो । पूर्वकै सबैभन्दा बढी राजस्व संकलन गर्ने मेची भन्सार कार्यालय काँकरभिट्टाको वार्षिक लक्ष्य पुरा गर्न यसले निक्कै टेवा पुर्याएको थियो । यो मुल भन्सारमा स्थापना भएपछि यतिखेर मेची भन्सार कार्यालय काँकरभिट्टालाई वार्षिक लक्ष्य पुर्याउन गाह्रो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.