Wednesday, March 29, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह विचार / समीक्षा / अन्तर्वार्ता

मनिषा मेडिकल निरन्तर स्वास्थ्य सेवामा समर्पित हुन्छ : स्वास्थ्यकर्मी / सञ्चालक दिलिप सुवेदी

  • सि. एन. गौतम सि. एन. गौतम
  • December 12, 2020
  • 7:07 PM
  • No Comments
भित्र विचार / समीक्षा / अन्तर्वार्ता, स्थानीय समाचार, स्वास्थ्य / जीवन शैली
198 2
A A
Share on FacebookShare on Twitter
Dilip Subedi

विश्वभरि फैलिएको कोरोना महामारी अझैं नियन्त्रण हुन सकेको छैन । यस्तो सङ्क्रमणकालीन अवस्थामा सबैभन्दा अग्रपंक्तिमा रहेका छन्,स्वास्थ्यकर्मीहरु । जोखिम मोलेर पनि स्वास्थ्य सेवा दिइरहेका स्वास्थ्य संस्थामध्ये मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित मनिषा मेडिकल तथा पोलिक्निक पनि एक हो । यसका सञ्चालक दिलिप सुवेदी हुन् । यस संस्थामा १० जना कर्मचारी कार्यरत छन् । आज हामीसँग मेचीनगर वाड ६ र आपासका स्वास्थ्य क्षेत्रका साथै समग्र कोरोना महामारीलगायतका विषयमा मेरो मेचीनगर डट कमका लागि सिएन गौतमले तयार पारेको कुराकानी प्रस्तुत गर्दछौँ ।

लकडाउन खुकुलो भए पछि आजभोलि कत्तिको व्यस्त हुनुन्छ ?

अहिले पहिलाको भन्दा थोरै व्यस्तता बढेको छ । विश्वभरी फैलिएको कोविड १९ कोरोना महामारीले हाम्रो नगरलाई पनि छोएको थियो ।अझै पनि पूर्ण रुपमा हटिसकेको छैन । कोरोनाले स्वास्थ्य ,आर्थिक र सामाजिक क्षेत्रलाई असर गर्‍यो तथापि स्वास्थ सम्बन्धी सरकारले दिएको प्रोटोकल मानेर हामीले दिन सक्ने सेवा प्रदान गरिराखेका छौँ ।

मनिषा मेडिकलको स्थापना र सुरुवाती दिनमा देखिएका चुनौतीहरु के के थिए ?

वास्तवमा ,यसको इतिहास हेर्ने हो भने मेरो बुवा रत्न बहादुर सुवेदी सामान्य औषधीमूलो गर्नुहुन्थ्यो । यो बोर्डर एरिया भएको हुँदा सानो सानो औषधी गर्न पनि मान्छेहरु भारतको नक्सल जाने गर्थे । त्यही कुरा बुझेर वि.स २०४० सालतिर बुवाले यसको स्थापना गर्नुभएको थियो । त्यस बेला पसल चल्छ ,चल्दैन भन्ने तनाव थियो पछि बुवाले अरुलाई पनि सञ्चालन गर्नुपर्छ भनेर सुझाव दिनु भयो । हामीलाई पनि अधिकारी मेडिकल लगायतले सहयोग गरेका थिए। म त्यसबेला अध्ययन गर्दै थिएँ । मैले पनि बुवाको यो सेवामूलक कार्यलाई निरन्तरता दिदै वि .स २०५० सालमा सरकारको नीति नियममा रहेर आधिकारिक रुपमा मेरो नाममा मनिषा मेडिकल दर्ता गरे र पछि वि सं २०७० सालमा पोलिक्निक पनि बनाएँ ।
सुरुवाती दिनमा चुनौतीका कुरा गर्दा त्यसबेला धामीझाँक्रीमा विश्वासको गर्नेको ठूलो जमात थियो ,त्यो वाध्यता पनि थियो । नेपालमा औषधी गर्न मानिसमा जनविश्वास नभएको अवस्था थियो। त्यसपछी पनि नेपालमा औषधी बन्छ ,नेपाली औषधी हुन्छन् भन्ने कुरामा विश्वास थिएन । हामी त्यो बेला औषधी लिन दमक धरान, विराटनगर सम्म पुग्थ्यौ । महेन्द्र राजमार्गको सानो बाटो भएर त्यसबेला चल्ने कोशी यतायात, आरती सेवा ,भाग्य रेखा बसमा बिहान गएर बेलुका फर्किन्थ्यौ । यता मेडिकलमा आउने सिकिस्त बिरामीहरुलाई त्यसबेलाको ठूलो अस्पताल लिएर जान साधन थिएन । त्यो हेरि अहिलेको अवस्था अत्यन्त सहज भएको छ ।

मेडिकल क्षेत्रमा काम गर्न कत्तिको जोखिम छ ?

धेरै नै जोखिम छ । हामीले चेक गरेपछि दिएको औषधी बिरामीले सहि तरिकाले सेवन गर्‍यो भने ठीक छ तर उसले गडबडी गर्‍यो भने त्यसको अपजस हामीमाथि आउँछ । फेरि कतिपयलाई सहि औषधीले पनि रिएक्सन गर्न सक्छ। कुनै बेला सामान्य टिटनासका सुई हान्न आएका बिरामी सक भएर ढल्ने पनि हुन्छन् त्यो बेला हार्टअट्याकको सम्भावना हुन सक्छ । मानवीय क्षति हुने खतरा पनि हुन्छ ।
अर्को कुरा हामी फ्रन्ट लाइनमा काम गर्ने मान्छे हौं । यहाँ विभिन्न रोग लिएर आएका बिरामी हुन्छन् ।त्यसको हामीले पहिचान गर्नुपर्ने हुन्छ । कतिपयले रोग लुकाएर पनि आएका हुन्छन् । हामीमा त्यसको संक्रमण हुनसक्छ । अब यही कोरोन महामारीलाई हेर्नुस त कती जोखिम छ हामीलाई । हुन त काम गरिरहदा जस पाइने नाफामूलक नै कार्य हो तर जोखिम ज्यादा छ ।

प्राय मानिसले आफूले रोजेको फिल्डमा आफ्ना सन्ततिलाई देख्न चाहन्छ, तपाईका सन्तति के गर्दैछन् ?

अवश्य । अहिले उनीहरु यहि क्षेत्रमा छन् । मेरा दुई जना छोरीहरु हुन् । ठूली छोरी मनिषा डाक्टर छिन् । अहिले उनी बिर्तामोड कोविड १९ अस्पतालमा मेडिकल अफिसरको रुपमा कार्यरत छिन् । यो मेडिकलको नाम पनि उनकै नामबाट राखेको हु । अर्की छोरी कान्छी निशा अस्ट्रेलियामा छिन् । उनी बिएन नर्सिङ गर्दैछिन् ।

तपाईं कुन कुन संस्थासग आबद्द हुनुहुन्छ ?

म शुरुबाटै सामाजिक काममा समर्पित छु । म नेपाल औषधी व्यावसाय संघ झापा जिल्ला शाखाको सल्लाहकारको रुपमा छु । नेपाल बहुउद्देशीय सहकारीको संस्थाको स्वास्थ्य संयोजकको रुपमा छु । त्यसैगरी काँकरभिट्टा खानेपानी उपभोक्ता समितिको कोषाध्यक्षका पदमा छु । समाजिक संस्था रोटरी क्लबसँग आबद्द छु ।म सन् २०१४ /१५ को रोटरीको अध्यक्ष थिएँ । नाइट चेस क्लबको पूर्व अध्यक्ष पनि थिएँ ।

अहिले कस्ता खालका बिरीमी आउँदैछन् ?

बिरामी प्राय सिजनल हुन्छन् । यो चिसोको मौसमको समय हो । अहिले साना नानीहरू र वृद्दहरुमा रुघा ,मर्की,ज्वरो ,डाइरियाका बिरामी आउँछन् ।त्यसैगरी चोटपट लागेकाहरु पनि आउँछन् । यहाँ आउनेहरुलाई चिसोबाट बच्ने उपायका बारेमा बताइदिने गरेको छु ।

तपाईंको मेडिकलले के के सेवा प्रदान गर्दैछ ?

हामीले फार्मेसीको सेवा त विगत देखि नै दिदै आएकै हो । त्यसबाहेक प्राथमिक उपचार, एक्स -रे ,भिडियो एक्स- रे प्याथोलोजी ,फिजियो थेरापीको सेवा लगायतका छन् । त्यसैगरी विशेषज्ञ अन्तर्गत कन्सल्टेन्स फिजिसियन ,जेनेरल फिजिसियन,महिला तथा स्त्री रोग विशेषज्ञ,नाक,कान घाँटी रोग विशेषज्ञ ,छाला तथा चर्म रोग विशेष लगायतका सेवाहरु प्रदान गर्छौं ।

तपाईको मेडकिलले घर गाउँ पुगेर जनताको स्वास्थ्य चेकजाँच गरेको छ ?

राम्रो प्रश्न गर्नु भो । म गएको छु । स्वास्थ्य क्लिनिक मार्फत् ,वडा नम्बर ६ का वडा अध्यक्ष ललित तामाङसँग घरघर पुगेर स्वास्थ्य सेवा दिएको छु । त्यसैगरी म एनएमसीको स्वास्थ्य संयोजक भएको हुँदा जिल्लाभरीस्वास्थ्य शिविर सञ्चालन गरेका छौँ । मेरो मेडिकल मा आउने डाक्टर र अरु डाक्टरसँग मगाएर पनि स्वास्थ्य चेक अप र औषधी वितरण गर्‍यौ । मैले गर्ने सहयोगमा चाहि मिडिकल रेप्रेजेन्टेटिभहरुबाट प्राप्त भएको औषधी सङ्कलन गरेर राख्छौं । ३,४ महिना पछि नजिकै रहेको काँकरभिट्टा स्वास्थ्य चौकीमा लगेर गरीब असाहयहरुलाई वितरण गरिदिनु भनेर हस्तान्तरण गर्ने गरेका छौं ।

कतिपय मेडिकलले लागु औषध कारोबार र दुर्व्यसनी बढाएका छन् भन्ने कुरा बाहिर आएको छ यसलाई कसरी हेर्नुहुन्छ ?

त्यस्तो सुनेको छु ।बिना दर्ता खोलेका मेडिकलहल अथवा अर्काकै नाममा दर्ता भएकाहरुले त्यस्तो गर्न सक्छन् । मेचीनगरभित्रका कुनै पनि मेडिकलले त्यस्तो गरेका छन् जस्तो मलाई लाग्दैन । मेडीकलमा कुन कुन औषधीरु छन् भन्ने रेकर्ड औषध विभागसँग हुन्छ । यसको तालिम पनि लिएका छौँ । हामीले स्वास्थ उपचार दिन्छु भनेर प्रढ गरेका हुन्छौँ । यदि जानाजन कसैले त्यस्तो गरेको छ भने त्यो सजायको भागिदार हुनुपर्छ ।

भविष्यको योजनाहरु के कस्ता रहेका छन् ?

यसै क्षेत्रमा निरन्तर लागिरहन्छु ।सन्ततिहरु पनि यसमै छन् । मन त यस ठाउँमा ठूलो अस्पताल खोल्ने नै हो उपचार अभावमा कसैको मृत्यु नहोस् भन्ने नै तर यसमा धेरै कुरो मिल्नुपर्छ ।यो ठूलो लगानीको काम हो । हुन त अरु पनि यस ठाउँका दिग्गजहरु एक्सरसाइजमा जुट्नु भएको छ । हामी नगरपालिकालाई पनि घचघचाइरहेका छौँ । नगरपालिकाको पनि आफ्नै समस्या होलान् ।योजना बुन्दै जाने हो, कर्म गर्दै जाने अब हेर्दै जाउ कहाँ सम्म पुगिन्छ ।

अन्यमा कसलाई के भन्न चाहनुहुन्छ ?
मलाई यस ठाउँमा लामो समयदेखि साथ सहयोग गर्दै आउनु भएका यस स्थानीय ठाउँका बासिन्दा ,विभिन्न संघसंस्थामा आबद्द ,पार्टीमा आबद्द ,मेरा अग्रजहरु र जन साधारणहरुलाई मैले सधैं सम्झेको छु । अगामी दिनहरुमा पनि साथ ,सहयोग ,सुझाव सल्लाहको अपेक्षा राख्छु । र मेरो अन्तर्वार्ता लिने मेरोमेचीनगर अनलाइनलाई विशेष धन्यवाद दिन चाहन्छु ।

Share37Tweet23SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

झापाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको ६ बुँदे निर्णय : शिक्षा, स्वास्थ्यदेखि चिया र विषाधियुक्त तरकारीका विषयमा छलफल
कोशी प्रदेश

झापाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको ६ बुँदे निर्णय : शिक्षा, स्वास्थ्यदेखि चिया र विषाधियुक्त तरकारीका विषयमा छलफल

March 27, 2023
बिर्तामोड नगरपालिको सडक उच्चस्तरीय बन्ने
अर्थ / वाणिज्य

बिर्तामोड नगरपालिकामा जग्गा कित्ताकाट खुल्यो

March 27, 2023
काँकरभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?
कोशी प्रदेश

काँकरभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?

March 25, 2023
काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा प्राध्यापकहरुलाई ल्यापटप वितरण
कोशी प्रदेश

काँकरभिट्टा बहुमुखी क्याम्पस : स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पुरा

March 23, 2023
मेची सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पौडेल, सचिवमा राई
कोशी प्रदेश

मेची सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पौडेल, सचिवमा राई

March 21, 2023
तेस्रो इण्डो-नेपाल भेट्रान फुटबलको उपाधि बिर्तामोड युनाइटेडलाई
कोशी प्रदेश

तेस्रो इण्डो-नेपाल भेट्रान फुटबलको उपाधि बिर्तामोड युनाइटेडलाई

March 20, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

इलाममा भेटियो पाटेबाघ

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In