केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको तयारी पुरा

उद्घाटन खेल सुरेश तिवारीको ह्याप्पी क्लब र आशिष गुरुङ मालिक रहेको क्लासिक वारियर्सबीच हुन

A notice in Nepali from Mechinagar Ward No. 10

१३ जेठ, मेचीनगर : भोलीदेखि झापाको मेचीनगरमा हुन गइरहेको केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले शुक्रबार आज पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा बताईए अनुसार उद्घाटन खेल सुरेश तिवारीको ह्याप्पी क्लब र आशिष गुरुङ मालिक रहेको क्लासिक वारियर्सबीच हुने छ ।

झापाको मेचीनगर स्थित काँकरभिट्टामा पहिलोपटक अक्सन मार्फत खेलाडी छनोट गरेर हुन गइरहेको प्रतियोगितामा मेचीनगरका चारवटा टिमले सहभागिता जनाउने आयोजक क्लबका अध्यक्ष मिनबहादुर बस्नेतले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । प्रत्येक टोलीले अक्सन मार्फत खेलाडी छनोट गर्ने र एउटा टिमले बढीमा २२ हजार रुपैयाँ खर्च खर्च गर्न पाउने व्यवस्था थियो ।

खेलाडीहरुलाई ए बी र सी गरी ३ वटा क्याटागोरीमा विभाजन गरिएको छ ।

सहभागी टिमका मालिकले ए क्याटागोरीको खेलाडीलाई १५ सय देखि २ हजार रुपैयाँसम्म बी क्याटागोरीको खेलाडीलाई १ हजारदेखि १५ सय र सी क्याटागोरिको खेलाडीलाई ५ सय देखि १ हजार रुपैयाँ सम्मको बोली लगाउन पाउने बताइएको थियो । प्रतियोगितामा एन्जल गुरुङको राइजिङ ब्वाइज र बसन्त श्रेष्ठको संगम फुटबल क्लबले प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा बताक्ष्एको छ ।

आयोजकका अनुसार प्रतियोगिताको विजेता टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । यसैगरी आयेजकले सर्वाेत्कृष्ट खेलाडीलाई ५ हजार १ सय, सर्वाधिक गोलकर्तालाई ४ हजार १ सय, उत्कृष्ट फर्वड, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षकलाई जनही ३ हजार १ सय र खेलको म्यान अफ दी म्याचलाई ५ सय तथा प्रत्येक खेलको इमर्जाीगं प्लेयरलाई ५ सय रुपैयाँ मुल्य बराबरको गिफ्ट हेम्पर प्रदान गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.