कर्ण लिम्बूको ह्याट्रिकमा घेराबारी एफसीको शानदार जित

विर्तामोड एफसीलाई ५ - ३ गोल अन्तरले हराउदै घेराबरी एफसी सेमी फाइनलमा

A notice in Nepali from Mechinagar Ward No. 10

घेराबारी , पुस  २१ । प्रथम घेराबारी नकआउट गोल्डकप -२०७७ को आज मङ्गलबार सम्पन्न खेलमा घेराबरी फूटबल क्लबले विर्तामोड युनाइटेड फूटबल क्लबलाई ५ – ३  गोल अन्तरले हराउदै सेमी फाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।

झापा कचन कवल – १ स्थित घेराबारी युवा परिवारको आयोजनामा पूर्व देउराली खेल मैदानमा सम्पन्न रोमान्चक  खेलमा घेराबारी एफसीको तर्फबाट जर्सी नम्बर १४ का कर्ण लिम्बूले ह्याट्रिक गरेका छन् ।  लिम्बूले  खेलको २५ , ५३  र ५५ औँ मिनेटमा गोल गरेका थिए ।    त्यसैगरी घेराबारीकै जर्सी नम्बर ११ का शक्ति राईले खेलको ३१  र ६० औँ मिनेटमा २ गोल गरेका थिए ।

 

विर्तामोड यूनाइटेड एफसीको तर्फबाट जर्सी नम्बर १० का योगेश गुरुङले  खेलको ४७ र ५७ औँ मिनेटमा २ गोल गरेका थिए । त्यसैगरी  विर्तामोडका जर्सी नम्बर १३ का रुपेश केसीले  खेलको ४९ औँ मिनेटमा एक गोल गरेका थिए ।

खेलको ‘ म्यान अफ द म्याच’ घेराबारीका कर्ण लिम्बू र ‘ बेस्ट  पब्लिक च्वाइज ‘ विर्तामोडका योगेश गुरुङ घोषित भए ।

ए डिभिजन र राष्टिय टोलीमा समेत समावेश भएका खेलाडीको खेल हेर्न पाउदा स्थानीय खुसी बनेका छन्  र खेल हेर्न टाढा टाढाबाट आउने गरेका गोल्डकपका आयोजक तथा श्री घेराबरी यूवा परिवारका अध्यक्ष देउकुमार माबो लिम्बूले जानकारी दिनुभयो ।

 

पुस  २० गतेबाट सन्चालन भई २८ गते समापन हुने खेलमा गोल्डकपको विजेताले नगद रु . ५० हजार र उप विजेताले ३० हजार पाउने छन् ।

भोलिको खेल झापा एफसी राजगढ र  शिव सताक्षी एफसी बीच हुनेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.