गाउँमै निःशुल्क अप्रेसनसहितको आँखा शिविर पुगेपछि स्थानीयवासीमा खुशी

१८ जनाको मोतिबिन्दुको अप्रेसन निःशुल्क गरिने

A notice in Nepali from Mechinagar Ward No. 10

२७ साउन, बाहुनडाँगी : झापाको मेचीनगर— ४ बाहुनडाँगीमा मोतीबिन्दुको अप्रेसनसहित निःशुल्क आँखा शिविर गाउँमै पुगे पछि स्थानीयवासीले खुशी व्यक्त गरेका छन् । शनिबार सम्पन्न शिविरमा १८ जना मोतीविन्दुको अप्रेशन गर्ने गर्नुपर्ने बिरामीको पहिचान गरिएको छ । उनीहरु सवैको निःशुल्क अप्रेसन गरिने छ । अन्तर्राष्ट्रिय रोटरी क्लब नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाले मेचीनगर वडानमम्बर— ४ को व्यवस्थापन तथा काँकरभिट्टा आई केयर सेन्टर प्रालि मेचीनगर—६ पुरानो भन्सारको प्राविधिक सहयोग र रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाको विविध सहयोगमा ४ नम्बर वडा कार्यालय भवनमा एकदिने मोतीबिन्दुको अप्रेसनसहित निःशुल्क आँखा शिविर आयोजना गरेको थियो ।

शिविरको कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले उद्घाटन गर्नुभएको थियो । उद्घाटनका क्रममा प्रदेशसभा सदस्य तामाङले रोटरीले ग्रामीणक्षेत्रलाई लक्षित गरेर शिविर सञ्चालन गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले स्वासथ्य, शिक्षा नेपाली नागरिकको नैसर्गिक अधिकार भएकाले सहज र सरलरुपमा पाउनुपर्ने विचार राख्नुभयो । ग्रामीणक्षेत्रमा बेला बखत यस्ता शिविर सञ्चालन गर्दा सामान्य उपचारका लागि सदरमुकामसहित टाढा टाढा गएर उपचार गर्नुपर्ने बाध्यताको अन्त्य हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । जुन ठाउँमा शिविर सञ्चालन हुन्छ त्यस भेगमा अधिकांश नागरिकलाई शिविरले सहज बनाउने उहाँको भनाई थियो । दुर्गम भेगका नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो ।

शिविरमा १ सय ८७ जनाको आँखाको जाँच हुँदा १८ जनाको मोतिबिन्दुको अप्रेसन गर्नुपर्ने पत्ता लागेको थियो । आखाँमा मासु पलाएका ३ जना फेला परेका थिए । शिविरमा आएका ४५ जनालाई निःशुल्क चस्मा र १ सय ६जनालाई औषधि वितरण गरिएको काँकरभिट्टा आई केयर सेन्टर प्रालिका लोकनाथ गौतमले जानकारी दिनुभयो । मोतिबिन्दुको अप्रेसन गर्नुपर्ने बिरामीका लागि काँकरभिट्टा आई केयर सेन्टरमै निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गरिने आयोजक क्लबका अध्यक्ष इञ्जिनियर रुद्र मैनालीले जानकारी दिनुभयो । शिविरमा डा रोजन थापासहितको स्वास्थ्यकर्मी टोलीले आँखा परीक्षण गरेको थियो । स्वास्थ्य परीक्षणका लागि शिविरमा सहभागी ९५ वर्षीय मित्रलाल कार्कीले सामान्य आँखा परीक्षणका लागि काँकरभिट्टा, विर्तामोड, सैनिक पुग्ने स्थानीयवासीलाई आफ्नै घर आगनमै सञ्चालन भएको निःशुल्क उपचारले धेरै राहत भएको अनुभव सुनाउनुभयो । स्थानीयवासी पदमबहादुर आचार्यले पनि गाउँमै आएको सेवाबाट शिविरमा सबैभन्दा बढी विपन्न,अपाङ्ग तथा ज्येष्ठ सदस्यलाई लाई फाइदा पुगेको बताउनुभयो । शिविरमा औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।

घर नजिकै डाक्टर भेट्न पाउँदा स्थानीय धनमया तामाङ निकै हर्षित् हुनुभयो । वर्षौंदेखिको उहाँको धमिलो भएको आँखा अब सर्लक्क देखिने आशाले उहाँमा थप खुशी थपेको विचार व्यक्त गर्नुभयो । ‘ काँकरभिट्टा विर्तामोड सैनिक बजार जान दनिनै मया मार्नु पर्दथ्यो, पैसा पनि थिए, बुढो शरीर ती माथि आाँखा राम्ररी नदेख्ने ’उहाँले भन्नुभया — ‘एक दशकदेखि आँखाको समस्या भोग्दै आइरहेकी म अब आँखाको उपचार हुनेमा ढुक्क छु । ’भौगोलिक विकटता लगायत अन्य कारणले आफुले समयमै आखाँ जचाउन उहाँ पनि अस्पताल पुग्न सक्नु भएको थिएन् । गाउँमै डाक्टर आएर औषधी पाउँदा उहाँको चाउरिएको अनुहारमा देखिएको खुशीको वर्णन गरिसक्नु थिएन ।

वर्षांैदेखि मातविन्दुकै कारण पिरोलिइरहेका स्थानीय पदमबहादुर पनि गाउँमै उपचार पाउँदा मख्ख हुनुहन्छ । ‘गाउँमै आएर डाक्टरले निःशुल्क औषधी र चश्मा दिनुभयो अस्पताल आउनु सित्तैमा मोतीविन्दुको अप्रेशन गरिदिने भन्नुभएको छ ’पदमलालले भन्नुभयो —‘सित्तैमा मोतीविन्दुको अप्रेशन गर्ने अरे, अब आफ्नो समस्या समाधान हुनेमा म ढुक्क छु, राम्ररी आँखा देख्छु भन्नेमा आशा पलाएको छ ।’

मेचीनगरको विकट उत्तरी क्षेत्रलाई लक्षित गर्दै क्लबले मोतीबिन्दुको अप्रेसनसहित निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो । दुर्गम भेगमा बसोबास गरिरहेका र स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थासम्म जान नसक्ने अवस्थाका बिरामीलाई गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध गराउन शिविर सञ्चालन गरिएको क्लबका अध्यक्ष इञ्जिनियर मैनालीले जानकारी गराउनुभयो ।

मेचीनगर नगरपालिका वडानम्बर—४का वडाध्यक्ष अर्जुन कार्कीले वडा कार्यालयमा आएर मोतीबिन्दुको अप्रेसनसहित निःशुल्क आँखा शिविरको सेवा पाउँदा वडावासी लाभान्वित भएको विचार व्यक्त गर्नुभयो । क्लबका अध्यक्ष इञ्जिनियर मैनालीको अध्यक्षतामा भएको उद्घाटनसत्रमा कार्यक्रममा सहभागी सवैलाई स्वागतसहित कार्यक्रमको औचित्यमाथि क्लबका उपाध्यक्ष कृष्णप्रसाद पौडेलले प्रकाश र सचिव भगिरथ राईले सञ्चालन गर्नुभएको थियो । क्लबका प्रेसिडेन्ट इलेक्ट डाक्टर आनन्दराज खनाल, नोमिनी प्रेसिडेन्ट उदयकुमार श्रेष्ठ, पूर्व अध्यक्ष दिलीप सुवेदी, प्रोजेक्ट चियर दिपेन्द्रराज पाण्डे, रोटरियन रविचन्द्र नेपाल, दुर्गाबहादुर लुईटेल, विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधिहरु, जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.