झापाका पुराना उद्योगी प्रेमप्रसाद ढकालको निधन

A notice in Nepali from Mechinagar Ward No. 10

रोहित काफ्ले

१९ जेठ, भद्रपुर । केही दशक अघिदेखि झापाको सदरमुकाम भद्रपुरबाट सेवा सञ्चालन गरेर सर्वाधिक चर्चा बटुलेको डाँफे यातायात सेवाको सञ्चालकमध्येका एक पुराना उद्योगी प्रेमप्रसाद ढकालको ९३ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि मुटु सम्बन्धी रोगबाट पीडित ढकालको भद्रपुर ६ भानुनगरस्थित आफ्नै निवासमा गएराति १२ः३० बजे निधन भएको हो ।
पूर्वी पहाडी जिल्ला भोजपुरको याकुमा जन्म भई जीवनयापनका लागि झापा आएपछि २०३०–२०४० को दशकमा केही नातेदार र साथीहरुका साथमा उद्योग क्षेत्रमा पदार्पण गरेका ढकालले त्यहीबेलादेखि यातायात क्षेत्रका साथै चिया, काठ उद्योगमा पनि लगानी गरेका थिए । झापा हल्दिबारीको डाँफे चिया उद्योगसँगै भारतको पानीटंकीमा बृहत स–मिल सञ्चालन गरेको ती उद्योगमा आफूहरुले पनि सहलगानी गरेको भद्रपुरका अग्रज उद्योगी एवम् झापा उद्योग संघका कार्यकारिणी सदस्य चण्डीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
झापाका सफल युवा उद्योगी एवम् समाजसेवी दिपेश ढकालका पुज्य पिता स्व. प्रेमप्रसाद ढकाल रेडक्रस, परिवार नियोजन संघ जस्ता सामाजिक संस्थामा आबद्ध रही सामाजिक सेवा कार्यमा पनि सक्रिय हुनुहुन्थ्यो ।
स्व. ढकालका श्रीमती रुपादेवी, छोराहरु दिपक र दिपेश, छोरीहरु यसोदा, हरिकला, शशिकला र चन्द्रकला रहेका छन् । जेठा छोरा दिपक लामो समयदेखि वेलायतमा बस्दै आएका छन् ।
स्व. ढकालको बुधबार विहान भद्रपुर–७ स्थित देउनिया घाटमा वैदिक विधि अनुसार अंत्येष्टी गरिएको छ । अन्त्येष्टिमा सार्क चेम्बर आफ कमर्स एण्ड इण्डष्ट्रीका उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल समेतको उपस्थिति थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.