नेपाल स्काउटमा सातै प्रदेशमा तदर्थ समिति गठन, माघभित्र प्रदेश तथा स्थानीय परिषद् निर्वाचन गराइने

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं : नेपाल स्काउटले सातै प्रदेशमा प्रदेश तदर्थ समिति गठन गरेको छ। सम्माननीय प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षकको निर्देशन तथा माननीय शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री एवं प्रमुख स्काउटको निर्णयअनुसार गठित अन्तरिम राष्ट्रिय कार्यकारी समितिले नेपाल स्काउट ऐन, २०५० (संशोधन २०७२) तथा नेपाल स्काउट नियम, २०७७ (संशोधन २०८२) बमोजिम प्रदेश तदर्थ समितिहरू गठन गरेको हो।

नेपाल स्काउट अन्तरिम राष्ट्रिय कार्यकारी समितिको मिति २०८३ साउन ८ गते बसेको बैठकको निर्णय तथा साउन २० गते संयोजकको निर्णयअनुसार सातै प्रदेशका तदर्थ समितिहरू गठन गरिएको नेपाल स्काउटले जनाएको छ। यसअघि सातै प्रदेशका प्रदेश परिषद्, स्थानीय परिषद् तथा स्थानीय कार्यसमितिहरू विघटन गरी निर्वाचन सम्पन्न गराउने उद्देश्यले अन्तरिम राष्ट्रिय कार्यकारी समिति गठन गरिएको थियो।

अन्तरिम राष्ट्रिय कार्यकारी समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार २०८३ साल माघ महिनाभित्र स्थानीय तथा प्रदेश परिषद्को निर्वाचन सम्पन्न गरिनेछ भने २०८३ साल फागुन २१ गते राष्ट्रिय परिषद्को निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रदेश तदर्थ समितिहरूलाई निर्वाचन सम्पन्न गराउन आवश्यक समन्वय, स्थानीय तदर्थ समिति गठन, स्काउट गतिविधिको सञ्चालन, संगठनात्मक कार्य व्यवस्थापन तथा प्रदेशभित्र रहेका नेपाल स्काउटका चल तथा अचल सम्पत्तिको संरक्षण र व्यवस्थापनको जिम्मेवारी दिइएको छ। साथै, भदौ ७ गतेभित्र प्रत्येक स्थानीय तहमा बढीमा पाँच सदस्यीय स्थानीय तदर्थ समिति गठनका लागि नामावली राष्ट्रिय प्रधान कार्यालयमा सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रदेश तदर्थ समितिका संयोजकहरू:
कोशी प्रदेश: गंगाराम राई (झापा)
मधेश प्रदेश: उमेश प्रसाद गुप्ता (पर्सा)
बागमती प्रदेश: विदुर गिरी (सिन्धुपाल्चोक)
गण्डकी प्रदेश: सागर पौडेल (कास्की)
लुम्बिनी प्रदेश: खुशबहादुर अधिकारी (रुपन्देही)
कर्णाली प्रदेश: देउता सिंह कुँवरी (कालिकोट)
सुदूरपश्चिम प्रदेश: तोया राज जोशी (बझाङ)

प्रदेश तदर्थ समितिमा प्रत्येक प्रदेशमा एक जना संयोजकसहित विभिन्न जिल्लाका सदस्यहरू समेत समावेश गरिएको छ। नेपाल स्काउटका अनुसार यी समितिहरूले निर्वाचन सम्पन्न नहुँदासम्म प्रदेशस्तरमा स्काउटको नियमित प्रशासन, संगठनात्मक समन्वय तथा निर्वाचन प्रक्रिया प्रभावकारी रूपमा अघि बढाउनेछन्।

नेपाल स्काउटले सबै प्रदेश तथा स्थानीय तहका स्काउट पदाधिकारी, स्वयंसेवक र सरोकारवालालाई निर्वाचन प्रक्रिया सफल बनाउन आवश्यक सहयोग र समन्वय गर्नसमेत अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.