ललितपुरमा देउवापक्षीय जिल्ला सभापतिहरूको भेला, २२ जना उपस्थित

A notice in Nepali from Mechinagar Ward No. 10

२८ साउन, काठमाडौं : नेपाली कांग्रेसका संस्थापन पक्षका जिल्ला सभापतिहरूको बैठक ललितपुरको एक होटलमा जारी छ ।

बैठकमा सभापति शेरबहादुर देउवानिकटका २२ जिल्ला सभापति सहभागी छन् । संस्थापनइतर समूहका जिल्ला सभापतिहरूको भेलालगत्तै संस्थापन पक्ष पनि भेलामा जुटेका हुन् ।

तोकिएको मितिमा महाधिवेशन नहुनुका कारणबारे वास्तविकता पहिल्याउन भन्दै संस्थापन पक्षका जिल्ला सभापतिहरू छलफलमा जुटेका हुन् । उनीहरूले सभापति देउवालाई मात्रै दोष दिएर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असहयोग गरेको आरोप लगाएका छन् ।

‘क्रियाशीलको विवाद टुंगिन नदिने, समायोजमा भइसकेको सहमति उल्टाउने र पार्टी सभापतिलाई काम गर्न नदिनेहरूले सभापतिविरुद्ध प्रोपोगाण्डा गरेकाले हामीपनि छलफलमा जुटेका हौ’, एक सभापतिले नेपाल प्रेससँग भने । भेलाको निष्कर्षबारे आजै सभापति देउवालाई औपचारिक जानकारी गराउने तयारी छ ।

केही जिल्ला सभापति भर्चुअल माध्यमबाट जोडिएको बताइएको छ । यसअघि संस्थापन इतर पक्षको जिल्ला सभापति भेलामा ५६ जना सहभागी भएको दावी गरिएको थियो ।

नेपालप्रेसबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.