६ भाद्र, मेचीनगर : पछिल्लो २४ घण्टामा २ हजार २४८ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७०२ जनामा संक्रमण देखिएको छ भन ३ हजार ७३ जनाको एन्टिजेन परीक्षण गर्दा २१८ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १२ हजार ५१६ जनाको कोरोना परीक्षण गर्दा १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख ४७ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ८० हजार २०९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ६ लाख ९८ हजार १७३ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























