पत्रकारमाथि भएको आक्रमणविरुद्ध महासंघसहित संघसंगठन आन्दोलनमा उत्रने

संयुक्त प्रेस विज्ञप्ति

A notice in Nepali from Mechinagar Ward No. 10

१८ मङ्सिर, काँकरभिट्टा । नेपाल पत्रकार महासंघ झापाले पत्रकारमाथि भएको दुरव्यवहारको घोर भत्र्सना गरेको छ ।

अनुसन्धान अनलाइन टिभीका सम्पादक खगेन्द्र घिमिरे, क्यामेरा पर्सन भाष्कर श्रेष्ठलाई मालपोत कार्यालय दमक र न्युज २४ का झापा सम्वाददाता राजु पौडेल र पत्रकार नारायण अर्यालमाथि भद्रपुर भन्सारका कर्मचारी र व्यापारीले गरेको कुटपिट र दुरव्यवहारप्रति नेपाल पत्रकार महासंघ झापा शाखाको गम्भिर ध्यानाकर्षण गराएको हो ।

मंसिर १६ गते मंगलबार अपरान्ह लगभग ४ बजे मालपोत कार्यलय दमकमा शिवसताक्षीका सेवाग्राही सुरेश साहले कर्मचारी ईन्द्र राजवंशीलाई दश हजार रुपैया घुस दिएको भिडियो खिचिरहेको अवस्थामा मालपोतका कर्मचारीहरुले लछारपछार गर्दै कार्यालय प्रमुखको कार्यकक्षमा लगि पत्रकार घिमिरे, क्यामेरा पर्सन भाष्कर श्रेष्ठ र सेवाग्राही साहलाई हुलहुज्जत गरी क्यामेरा खोस्ने र कुटपिट गरेका थिए ।

घटनामा संलग्न व्यक्तिलाई अविलम्ब कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ, झापा शाखा, प्रेस संगठन नेपाल, प्रेस युनियन नेपाल, झापा मिडिया नेपाल, झापाप्रेस नेपाल, झापा नारी सञ्चार गृहले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.