दमकका प्रमुखले मन्दिरमा कसम खाएर पदभार ग्रहण गरे

A notice in Nepali from Mechinagar Ward No. 10

९ जेठ, दमक : दमक नगरपालिकाका नवनिर्वाचित मेयर राम थापाले पदभार ग्रहण गर्नुअघि मन्दिरमा कसम खाएका छन्। उनले आफू भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने भनी स्थानीय दुर्गा मन्दिरमा कसम खाएका हुन्।

राप्रपाबाट निर्वाचित उनले पार्टीको निर्देशन भन्दै पार्टीबाट निर्वाचित जनप्रतिनिधिसहित मन्दिरमा कसम खाएका हुन्। ‘नगरपालिका शासन गर्ने थलो हाेइन, सेवा गर्ने थलो हो। यहाँ जनताको सेवा गर्न आएको हुँ,’ उनले भने, ‘हाम्रो पार्टीको निर्देशनअनुसार उम्मेदवार बन्नुपूर्व नजिकको मठमन्दिरमा गएर प्रण गर्‍याैँ। निर्वाचित भएपछि पनि पदमा रहुन्जेल भ्रष्टाचार गर्दिनँ भनेर गरेका हौँ।’

नगरपालिकाको पछाडिपट्टि रहेको दुर्गा मन्दिरमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिसहित थापा सोमबार पदभार ग्रहण गर्नुपूर्व पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.