झापामा सबैभन्दा बढी मेचीनगर नगरपालिमामा १ सय ५४ जना उम्मेद्वारको जमानत जफत

अर्जुनधारा नगरपालिकाका १ सय ३६ जना उम्मेद्वारको जमानत जफत

A notice in Nepali from Mechinagar Ward No. 10

१९ जेठ, मेचीनगर : वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा झापामा विभिन्न पदका १ हजार १ सय ८७ उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन कार्यालय झापाका अनुसार खसेको सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत भएको हो ।

झापामा ६ सय ८५ पदमा चुनाव लडेका ३ हजार ३ सय ४० जनामध्ये सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत भएकोे जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । सबैभन्दा बढी मेचीनगर नगरपालिमामा १ सय ५४ जना उम्मेद्वारको जमानत जफत हुँदा अर्जुनधारा नगरपालिकाका १ सय ३६ जना उम्मेद्वारको जमानत जफत भएको छ ।

जिल्ला निर्वाचन कार्यालय झापाका तथ्याङ्क शाखाका प्रेमप्रसाद न्यौपानेका अनुसार शिवसताक्षी नगरपालिकाबाट १ सय २८ भद्रपुर नगरपालिबाट १ सय ४ कनकाई नगरपालिकाबाट ८४, दमक नगरपालिकाबाट ८०, विर्तामोड नगरपालिकाबाट ७८, गौरादह नगरपालिकाबाट ७३, कचनकवल गाँउपालिकाबाट ५७, गौरीगञ्ज गाँउपालिकाबाट ४६, झापा गाँउपालिकाबाट ३७, बाह्रदर्शी गाँउपालिकाबाट ६१, बुद्धशान्ति गाँउपालिकाबाट ५४, कमल गाँउपालिमामा ७१ जना र हल्दिबारी गाँउपालिकाबाट २३ जनाको जमानत जफत भएको छ ।

निर्वाचन आयोगले स्थानीय तहका प्रमुख र उप्रमुखलाई जनही १ हजार ५ सय रुपैयाँ, वडा अध्यक्षलाई १ हजार रुपैयाँ र वडा सदस्यलाई ५ सय रुपैयाँ धरौटी शुल्क तोकेको थियो । दलित र महिलाको हकमा भने ५० प्रतिशत छुटको व्यवस्था निर्वाचन आयोगले गरेको थियो । धरौटी जफत भएका उम्मेदवार यकिन भइसके पनि कति राजस्व संकलन भयो भन्ने तथ्यांक तयार नभइसकेको क्षेत्रीय निर्वाचन अधिकारी गोपाल आर्चायले जानकारी दिनुभयो ।

झापामा ८ नगरपालिका र ७ गाँउपालिकामा गरी कुल १५ स्थानीय तहमा वैशाख ३० गते सम्पन्न मतदानको मतपरिणाम आउन ११ दिन लागेको थियो । ५ लाख १० हजार २ सय १६ मतदाता रहेको झापामा ७३ प्रतिशत वा ३ लाख ७२ हजार ८ सय ४० जनाले मतदान गरेको मुख्यः निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । झापामा नगर प्रमुख र उपप्रमुखमा नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेदवारले मात्रै जमानत जोगाउन सकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.