अज्ञात रोगले बंगुर मर्न थालेपछि कृषक चिन्तामा : एकसातामा एकैजनाको ५८ वटा बंगुर मरे

A notice in Nepali from Mechinagar Ward No. 10

३० जेठ, मेचीनगर : मासुको प्रयोजनका लागि पालिएका बंगुर खोरमै मर्न थाले पछि झापा मेचीनगर— ६ का भक्तबहादुर राईले लाखौँ रुपैयाँ घाटा व्यहोर्नु परिरहेको छ । २०७७ सालमा ‘स्माट एग्रो फर्म’ दर्ता गरेर झापाको मेचीनगर–८ मंगल चोकमा करिब ४७ लाख रुपैयाँ लगानीमा ‘स्माट बंगुर फर्म’ मा दुई वर्षदेखि व्यावसायिक रूपमा बंगुर पालन गर्दै आउनु भएका राईले एक सातामै ५८ वटा बंगुर मरेपछि लाखौँ रुपैयाँ घाटा व्यहोर्नु परेको पीडा सुनाउनुभयो । कृषि क्षेत्रमा लागेर जीविका चलाउँला भनेर राई दम्पती बंगुर फर्म दर्ता गरेर व्यावसायिक कृषि कर्ममा लाग्नु भएको थियो । ती बंगुर मासुको प्रयोजनका लागि पालिएका हुन् ।

उहाँलाई खोरमा भएका अरु २४ वटा बंगुर कसरी बचाउने भन्ने अर्को चिन्ता पनि थपिएको छ । व्यवसायिक रुपमा ८ वटा उन्नत जातका बंगुरबाट व्यवसाय शुरु गर्नुभएका राईका ९४ वटा बंगुरमध्ये १२ वटा केहीदिन अघिमात्र बिक्री गरेको सुनाउनुभयो । खोरमा भएका ८२ मध्ये एकसाताको अवधिमा ५८ वटा बंगुर मरेको पीडित राईको भनाई छ । उहाँका अनुसार दैनिक ६ देखि ७ वटासम्म बंगुर मर्ने गरेका छन् । यस विषयमा पशु चिकित्सकहरुसँग परामर्श गर्दासम्म रोग पहिचान हुन नसकेको राईको भनाई छ । उहाँको खोरमा ल्याण्डप, पाख्रीवास, डिउरो, होल्याण जस्ता उन्नत जातका बंगुर छन् । तर, राई फर्ममा रहेको बंगुरका माउ र पाठापाठी अज्ञात रोगको कारण धमाधम मर्न थालेपछि उहाँको निन्द्रा हराएको छ । करिब १ सय ३० केजीसम्मका मर्दा दैनिक लाखौं रुपैयाँ नोक्सशान हुने गरेको छ ।

मूल्यमा गणना गर्दा उहाँलाई दुई दिनमै करिब डेढ लाख रुपैयाँ घाटा भएको छ । इन्स्योरेन्स गरेका कारण केही आशा भने उहाँमा छ । व्यावसायिक रूपमा बंगुर पालन गर्दै आउनु भएका राई दम्पति एक सातामै यति ठूलो संख्यामा बंगुर मर्न थालेपछि यस पटक भने झस्किएका छन् । ‘एकसातादेखिको अवधिमा ५० किलोदेखि अढाई सय किलोसम्मका बंगुर भटाभट मरे’ राईले भन्नुभयो—‘पाठापाठीको त हिसाबै राखेका छैनन् । मरेकामध्ये ५ वटा ठूला बंगुरको मात्र इन्स्योरेन्स गरेका छौ ।’ मासुको प्रयोजनका लागि पालिएका बंगुर किन खोरमै मर्न थाले राई दम्पतीलाई पनि थाहा छैन । अज्ञात रोगले संक्रमित बंगुरमा छेरौटी, उच्च ज्वरो, आहारा नखाने, झोक्राएर बस्नेजस्ता लक्षण देखिएको उहाँहरुको भनाइ छ ।

यस्तो पनि दिन आउँदो रहेछ भनेर कल्पना पनि नगरेको र बिक्री गर्न तयारी हुँदै गरेका बंगुर एकपछि अर्को गर्दै मरेपछि आइपरेको घाटा कसरी पूर्ति गर्ने भन्ने चिन्ताले राई दम्पतिलाई सताई रहेको छ । बंगुर मर्ने समस्यासँग जुधिरहेका राई दम्पति समाधानको उपाय र घाटा पूर्तिका लागि भौतारिरहेका छन् । हालसम्म मेचीनगर नगरपालिकाको पशुसेवा विभागले भने कुनै ल्याब परीक्षण नगरेको र विभागले जनाएको छ । विभाग प्रमुख पशु प्राविधिक छत्रबहादुर राईका अनुसार अघिल्लो पटक यस्तै समस्या आएका कारण ल्याब परीक्षण गरिएको र यो पटक आवश्यक परे जिल्लाको समन्वयमा ल्याब परीक्षणका लागि पठाउने तयारी छ ।

स्मार्ट एग्रो फर्मका संचालक भक्तबहादुर राई

राईको फर्म बंगुर मर्ने क्रम जारी रहे पनि कुन रोगले मरेको हो पशु सेवा विभागले थाहा पाउन सकेको छैन । रोकथामका लागि गर्नुपर्ने उपायका बारेमा एन्टिबायोटिक औषधिको प्रगोगका लागि सुझाव दिदैं यहि औषधिमात्र प्रयोग गरिरहेको पशु प्राविधिक राईको भनाई छ । ‘अहिले नयाँ भाईरल पीपीआरएस देखिएको छ । शायद यहि हुनुपर्छ ’ पशु प्राविधिक राईले भन्नुभयो —‘यो भाइरलले गर्भवती बंगुरलाई गाहे पार्छ, यो रोगबाट संक्रिमत बंगुरले बच्चा जन्माई हालेपनि खासै बाच्दैंनन्, मरे पछि शरीरमा रातो रातो दाग देखिन्छ । ’

हाल मरेका बंगुरको लक्षण हेर्दा ज्वरो आउने, चारो नखाने, छेर्ने, वान्ता गर्ने, कमजोर हुने र बिरामी भएको सातदेखि दसदिनमा मर्ने गरेकोको उहाँको भनाई छ । एक पशु चिकित्सकका अनुसार अफ्रिकन स्वाइन फ्लुको संक्रमण फैलँदा ठूलो मात्रामा बंगुर मर्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.