मेचीनगरमा वृहत रक्तदान : ५५ प्रिन्ट रगत संकलन

A notice in Nepali from Mechinagar Ward No. 10

११ असार, मेचीनगर : झापाको मेचीनगरमा शनिबार वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जीवन दान भन्ने मुख्यः नारासहित श्री कृष्ण प्रणमी बाइजुराज महिला समिति, नेपाल प्रदेश नमबर १ जिल्ला कार्य समिति झापाको इकाई समिति धुलावारीको आयोजनामा भएको रक्तदानमा ५५ प्रिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक प्रमिला गौतम खनालले जानकारी दिनुभयो ।

५१ औँ पटक रक्तदान गर्नुहुने प्रणामी युवा निर्मल कोइरालाले उद्घाटन गर्नुभएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र झापा शाखा, भद्रपुर विर्तामोडको प्राविधिक सहयोग रहेको थियो । सरस्वती आचार्य घिमिरेको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि मेचीनगर वडानम्बर— १० का वडाध्यक्ष नारायण खनाल हुनुहुन्थयो ।

श्रीकृष्ण प्रणमी मन्दिर मेचीनगर परिसरमा भएको कार्यक्रममा संकलित रगत नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र झापालाई हस्तान्तरण गरिएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका उपाध्यक्ष कृष्ण बजगाईँ, सत्संग परिषद झापाका अध्यक्ष मिलन बस्नेत, युवा परिषद केन्द्रीय उपमहासचिव सुभाश रिजाल, बाइजुराज झापा अध्यक्ष मीरा ओली लगायतले रगतको महत्वका बारेमा प्रकाश पार्नुभएको हो । रगतको मुल्य नहुने र सबैभन्दा ठूलो दान नै रक्तदान भएको उहाँहरुको भनाई थियो । आफुले दान गरेको रगतबाट कसैको जीवन बच्छ भने त्यो भन्दा ठूलो दान अरु केही नहुने उहाँहरुको भनाई छ ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले समेत रक्तदान गरेको थियो । टहलदास मैनाली, अनिल ढुङ्गाना, मदन अधिकारी, मोहन अधिकारी, डक्टर तिर्थराज आचार्य, दुर्गा खतिवडा, रेनुका डाँगी, सविता भण्डारी, अनिता बंशल, सीता पुरीलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन शीला सापकोटाले गर्नुभएको संयोजक खनालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.