झापा-१ मा विश्वप्रकाश शर्माको बलियो दाबेदरी

A notice in Nepali from Mechinagar Ward No. 10

१४ भाद्र, मेचीनगर : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा १ मा आफूले कुनै पनि हालतमा नछोड्ने बताएपछि काँग्रेस पार्टी समेत उनको दाबीमा एकमत भएको छ ।

२०७४ सालको निर्वाचनमा माओबादी र एमाले गठबन्धन भएको बेला माओवादीका राम कार्कीले जीत हासिल गरेका कारण झापा क्षेत्र नम्बर १ मा माओवादीले आफूले पाउनुपर्ने अडान राखेको थियो ।

‘शर्मा कि कार्की’ भन्ने प्रश्नले गठबन्धन कार्यदलको छलफलमा चर्चा पाएको थियो । ‘महामन्त्री शर्माले कुनै हालतमा गृह क्षेत्र नछाड्ने अडान राखेपछि कांग्रेसको सिंगो पंक्ति नै शर्मालाई तेस्रोपटक उम्मेद्वार बनाउनु पर्नेमा एकमत हुनपुग्यो,’ कांग्रेसका एक केन्द्रीय नेताले भने–‘यस विषयमा राम कार्कीलाई मात्र नभएर माओबादीका अध्यक्ष प्रचण्डलाई समेत जानकारी गराइसकेका छौं ।’शर्मालाई यो क्षेत्रमा पुनः उम्मेद्वार बन्न नदिन पार्टीभित्रैबाटै हुने खेल अब समाप्त झैं बनेको छ ।

सिट बाँडफाँट गर्दा २०७४ को चुनावमा जितेको क्षेत्रमा सोही पार्टीलाई दिने नीति बनाइए पनि झापा–१ त्यसको अपवादमा पर्ने गरी गठबन्धनमा सहमति गरिने बताइएको छ ।

राम कार्की पार्थ २०७४ को चुनावमा मेचीका चार जिल्लामध्ये संघीय सांसद् पद जित्ने एक मात्र माओबादी नेता हुन । नेकपा फुटेपछि कांग्रेससँग गठबन्धन गरेको माओबादीले झापामा कार्कीको निर्वाचन क्षेत्रलाई आफ्नो सुरक्षित सिट मान्थ्यो । तर, कांग्रेसका महामन्त्री शर्माकै गृहक्षेत्र समेत भएका कारण माओबादी पछि हट्नु पर्ने अवस्था आएको छ । त्यसो हुँदा कार्कीले शर्मालाई दरिलो साथ दिने बताइएको छ ।

२०७४ को संघीय निर्वाचनमा कांग्रेसका उम्मेद्वार शर्मा बाम गठबन्धनका उम्मेद्वार राम कार्कीसँगै २८६३ मतान्तरले पराजित भएका थिए । यसपटक गठबन्धन फेरिएको छ । शर्माले माओबादीसमेतको गठबन्धनबाट नेकपा एमालेसँग चुनावमा भिड्नुपर्ने हुन्छ । एमालेबाट रविन कोइराला सोही क्षेत्रमा शर्मासँग प्रतिस्पर्धा गर्ने संभावना छ । यसो हुँदा प्रतिस्पर्धा निकै चर्को हुनसक्ने अनुमान गरिएको छ ।

२०७९ को स्थानीय चुनावमा वडाध्यक्षहरुले पाएको मतको आधारमा पनि नेपाली कांग्रेस र उसको गठबन्धन एक्लो एमालेसँग कमजोर सावित देखिएको छ । यसपालि स्थानीय चुनावमा झापा–१ मा एमालेले ३१,२३२ मत ल्याएको छ भने कांग्रेस एक्लैले २४,०५९ मत मात्र ल्याएको छ । स्थानीय चुनावमा माओवादीले ३९९५, नेकपा एकीकृत समाजवादीले १२५२, जसपाले ६९, राप्रपाले ६९२२ र स्वतन्त्रले २२५६ मत पाएका थिए ।

गठबन्धनका पार्टीहरुको मत जोड्दा २९,३७५ मत मात्र पुग्छ । जबकि एमाले एक्लैको मत ३१,२३२ रहेको छ । अझ राप्रपासँग गठबन्धन गरेमा एमालेले ३८,१५४ पुर्याउने देखिन्छ । प्रतिनिधि सभा सदस्यको चुनावमा यसअघिको मत नै निर्णायक हुन्छ भन्ने मानिदैन । रविनको तुलनामा विश्वप्रकाश लोकप्रिय र भोलिको देश हाँक्ने नेता समेत भएकाले न्यूटल मत शर्माको पोल्टामा पर्ने देखिन्छ । उनको व्यक्तित्वका कारण स्वतन्त्र मत सहजै तान्न सक्ने अनुमान गरिएको छ ।

त्यस्तै कांग्रेसका अन्य आकांक्षी नेताहरुलाई केन्द्रीय स्तरकै पहलमा उचित व्यवस्थापन गरिने भएकाले पार्टीभित्रबाट धोका नहुने र केही राप्रपाको मत पनि लिएर शर्माले बाजी मार्नसक्ने अनुमान पनि गरिएको छ ।

झापा १ मा विश्वप्रकाशले दाबेदारी प्रस्तुत गरिरहदा उनको टक्कर चीर परिचित प्रतिद्वन्दी नेकपा एमाले झापाका प्रभावशाली नेता रविन कोइरालासँग हुने निश्चित भएको छ ।(लोकतन्त्रपोष्ट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.