मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसका अवसरमा काँकरभिट्टामा वक्तृत्वकला प्रतियोगिता

A notice in Nepali from Mechinagar Ward No. 10

२० भदौ, मेचीनगर : ‘मानव बेचबिखन विरुद्ध हाम्रो दायित्व’ विषयक वक्तृत्वकला प्रतियोगिताको प्रथम पुरस्कार धुलावारी माध्यमिक विद्यालयका दीक्षा प्याकुरेलले जित्नुभएको छ । १६ औँ मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसका अवसरमा झापाको काँकरभिट्टामा आयोजित वक्तृत्वकला प्रतियोगितामा सहभागी १२ जनालाई पछि पादैं कक्षा ११ मा अध्ययनरत छात्रा निरौलाले नगद ७ हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गर्नुभएको थियो ।

मेचीनगर नगरपालिका र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले संयुक्तरुपमा आयोजना र शक्ति समूह, विश्व सेवा विस्तार, साहसी महिला नेपाल, साना हातहरु नेपाल, आफन्त नेपाल, आसमान नेपाल र मेची सामुदायिक सेवा केन्द्र मेचीनगरको व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले प्रमुख आतिथिको आसनबाट कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

नगरपालिकाका महिला विकास निरीक्षक जयन्ती खरेलका अनुसार प्रतियोगितामा श्री सरस्वती माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्यनरत छात्रा ईक्सा केरुङ र कविशिरोमणि माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्यनरत छात्रा उषा निरौला क्रमस दोस्रो र तेस्रो हुनुभयो । उहाँहरुले क्रमस नगद ५ हजार र ३ हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गर्नुभएको थियो । विजेता तथा प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी, कार्यक्रमका संयोजक इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महत्तोलगायतले नगदसहित प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

काँकरभिट्टा बहुमुखी क्याम्पसका वरिष्ठ अध्यापक हेमकुमार खड्का, लम्बोदर पौडेल र धुलावारी माध्यमिक विद्यालयका शिक्षिका दीलु खवासले निर्णयकको भूमिका निर्वाह गर्नुभएको थियो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक होम अधिकारी र शक्ति समूह परियोजना अधिकृत रिना विश्वकर्माले संयुक्तरुपमा सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता माइती नेपालका १ नम्बर प्रदेश संयोजक गोविन्द घिमिरेले गर्नुभएको शक्ति समूहकी झापा जिल्ला अधिकृत रजनी (रत्ना) श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी सबैलाई साना हातहरु नेपालका काँकरभिट्टा प्रमुख रमेश गुरुङले शब्दमार्फत स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले मानव बेचबिखन तथा ओसारपसार देशकै ठूलो समस्या भए पनि यसलाई निर्मूल गर्न नसकिएको बताएका थिए । मानव बेचबिखनमा पनि महिला तथा बालबालिका बढी प्रभावित हुने गरेको र अन्तर्राष्ट्रिय सञ्जाल बनाएर अपराध गर्नेहरूले बेचबिखन गर्ने गरेको वक्ताहरुको भनाई थियो । मानव बेचबिखनलाई जघन्य अपराधको रुपमा लिईन्छ र नेपाल पनि यस समस्याबाट अछुतो नरहेको भन्दैं सहभागीले चिन्ता व्यक्त गरेका थिए । हाम्रो देशमा मानव बेचबिखनका घटना निक्कै डर लाग्दो र भयावह बनिरहेको र मानव बेचबिखन तथा ओसारपसार गर्नेका विरुद्धमा निकै बलियो कानुन भएपनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा समस्या ज्यूँका त्यू रहेको उनीहरुको भनाई थियो ।

प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी, कार्यक्रम संयोजक प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महत्तो, मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीलगायतले आ—आफ्नो विचार राख्नुभएको थियो । हरेक वर्षको भदौ २० गतेलाई मानव बेचबिखन विरुद्घको राष्ट्रिय दिवसका रुपमा मनाउँदैं आइएको छ । ‘तीनै तहका सरकार मानव बेचबिखन विरुद्घको सरोकार’ भन्ने राष्ट्रिय नाराका साथ देशभर विविध कार्यक्रमका साथ यो दिवश मनाइएको छ ।

सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि, २००२ लाई २०६३ भदौ २० गतेका दिन तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएपछि सोही दिनको स्मरणमा २०६४ साल देखि प्रत्येक वर्ष भदौ २० गतेका दिन यो दिवस मनाउन थालिएको हो । मन्त्रिपरिषदको २०६४ जेठ ११ को बैठक बाट हरेक बर्ष भदौ २० गतेलाई मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरिए बमोजिम हरेकवर्ष भदौ २० गते आजका दिन लाई मानव बेचबिखन बिरुद्घको राष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको इतिहास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.