तीनपटकमा पनि रागो छिनाउन शर्मालाई हम्मे हम्मे पर्ने एमालेको भनाई

A notice in Nepali from Mechinagar Ward No. 10

२७ असोज, काठमाडौँ : सरकारले आगामी मंसिर ४ गते घोषणा गरेको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनको मिति नजिकिँएसँगै देशभर निर्वाचनको माहोल तात्न शुरु भएको छ । मत परिणाम कस्को पक्षमा पर्ने हो सर्वसाधारणको चासो बढी रहदा दल र दलका उम्मेदवारहरु भने परिणाम आफ्नै पक्षमा पर्ने अडकल बाजी गरिरहेका छन् ।

देशभर चुनावी रौनक बढिरहेका बखत झापामा चाँहि सवैको ध्यान निर्वाचन क्षेत्र नम्बर १ मा केन्द्रीत छ । जहाँ प्रतिनिधि सभा सदस्यकालागि विभिन्न दल र स्वतन्त्र गरी १५ जना उम्मेवार चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधि सभा सदस्यकालागि नेकपा एमालेका अग्निप्रसाद खरेल, नेपाली काँग्रेसका विश्वप्रकाश शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ओलीन राजवंशी, स्वतन्त्रतर्फ केन्द्रकुमारी दाहाल, बिकाश राजवंशी, विदुरकुमार खतिवडा, राष्ट्रिय जनमुक्ति पार्टीका चित्रहाङ जबेगु, हाम्रो नेपाली पार्टीका ठण्डबहादुर अधिकारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पदममाया लिम्बु, नेपालका लागि नेपाली पार्टीका मुकुन्द दाहाल, जनसमाजवादी पार्टी नेपालका रमेश बास्तोला, जनता समाजवादी पार्टी नेपालका राधा थापा, नेपाल जनता पार्टीका रामकुमार काफ्ले मंगोल नेश्नल अर्गनाइजेसनका सन्तोष तामाङ चुनावी मैदानमा हुनुहुन्छ ।

नेकपा एमोलका झापा इन्चार्ज एवम् झापा क्षेत्र नम्बर १ का उम्मेद्वार अग्नीप्रसाद खरेल

तर, मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचको तालमेलबाट उम्मेदवार बन्नु भएका नेकपा एमालेका स्थायी कमिटी सदस्य, पूर्व कानुन मन्त्री, महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको गठबन्धनतर्फका साझा उम्मेद्वार नेपाली काँगेसका महामन्त्री विश्वप्रकाश शर्मातर्फ सबैको ध्यान केन्द्रित छ । यी दुईमध्ये कस्ले बाजी मार्ला ? अहिले सर्वत्र चासोको विषय बनेको छ ।

भौगोलिकरुपमा मेचीनगरको १५ वटै वडा बुद्घशान्ति गाउँपालिकाका ४,५,६ र ७ गरी चारवटा वडा र भद्रपुर नगरपालिकाको ९ र १० गरी दुईवटा वडाभित्र छ झापाको निर्वाचन क्षेत्रनम्बर १ । निर्वाचन कार्यालय मेचीनगरका अनुसार प्रतिनिधि सभा सदस्यतर्फ मत हाल्ने मतदाताको संख्या यो क्षेत्रमा १ लाख २० हजार ३ सय ७५ रहेको छ । मेचीनगर भद्रपुर नगरपालिका र बुद्घशान्ति गाउँपालिकागरी २१ वटा वडावासीले ४५ वटा मतदान स्थलका १ सय ३४ वटा मतदान केन्द्रमा गएर मतदान गर्ने छन् । अब खरेल र शर्मामध्ये कस्ले बाजी मार्ने हो त भनेर सवैले अडकल गरिहदाँ २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको मत परिणामले गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जीत दर्ता गर्न सहज वातावरण देखाउँदैन । नेपाली काँग्रेसका महामन्त्री , पार्टीका प्रवक्ता समेत भइसेकाका शर्माले स्थानीय तहको निर्वाचनमा गृहनगर मेचीनगर नगरपालिकामा आफ्नै पार्टीलाई जिताउन नसकेको भनेर काँग्रेसभित्रै आलोचित बने । स्थानीय तहको निर्वाचनमा टिकटको विषयलाई लिएर शर्मा झनै विवादित भए ।

काँग्रेस महामन्त्री एव् झापा क्षेत्र नं. १ का उम्मेद्वार विश्वप्रकाश शर्मा

स्थानीय पालिकाको निर्वाचनमा मेचीनगर नगरपालिकाको प्रमुखका लागि नेपाली काँग्रेस १ नम्बर प्रदेश समितिले नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाका विश्वासशिला पात्र नेपाली काँग्रेसका झापा उपसभापति केशवराज पाण्डेलाई टिकट दिएको थियो । सोहि अनुसार मनोनयन गर्ने क्रममा नेपाली काँग्रेस केन्द्रिय समितिले शर्मातर्फका प्रियपात्र नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले टिकटप्राप्त गरेपछि उम्मेदवारी मनोनयनकै क्रममा विवाद भयो । अन्ततः जिल्ला उपसभापति पाण्डेले क्षेत्रीय सभापति बुढाथोकीलाई छोड्नुपर्ने अवस्था बन्यो । यो सवै प्रपञ्च महामन्त्री शर्माकै हो भनेर पाण्डे समर्थकले उहाँको खुलेरै विरोध गरे । त्यसले पनि मंसिर ४ को निर्वाचनमा शर्मालाई निक्कै अप्ठयारो पार्ने अडकलवाजी हुन थालेको छ । २०७० सालमा सम्पन्न संविधानसभाको निर्वाचनमा नेकपा एमालेका रविन कोइराला र २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार ‐राम) कार्कीसँग पराजित बने । त्यसवेला नेता कार्कीलाई नेकपा एमालेको मतले निक्कै साथ दिइएको थियो शर्मालाई पराजित गर्न । शर्मा अहिले तीन पटकमा त रागो समेत छिन्छ भन्दैं बडो दौडधुपमा हुनुहुन्छ । बैशाख ३० को मत जोड्दा रागो छिनाउन उहाँलाई निक्कै हम्मे हम्मे पर्छ ।

गएको ३० वैशाखमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसँगको गठबन्धनबाट उम्मेद्वार बनेका नेपाली काँग्रेसका वडाध्यक्षहरुले प्राप्त गरेको मत भन्दा निक्कै बढी छ नेकपा एमालेसँग । नेपाली काँग्रेसका वडा अध्यक्षले पाएको मत जोड्दा शर्माको पार्टीले गृह नगरमा २० हजार १ सय ४६ मत प्राप्त गरेको छ । जबकी एकल उम्मेदवारी दिइएको नेकपा एमालेले २४ हजार ६ सय ३६ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रसँग ३ हजार ४ सय ७५ मत छ । यता राप्रपासहित अन्य दलहरूले ५ हजार ३ सय ३३ मत ल्याएका छन् । यहाँ स्वतन्त्र उमेदवारले १ हजार ८ सय ७८ मत ल्याएका छन् ।

१ नम्बर निर्वाचन क्षेत्रमा पर्ने बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४, ५, ६ र ७ बाट शर्माको पार्टीलाई ४ हजार १ सय ६५ मत आएको देखिन्छ । एमालेले भने ३ हजार ७ सय ४६ मत ल्याउँदा माओवादीसँग ३ सय ५४ मत मात्र छ । शर्माको निर्वाचन क्षेत्रमा पर्ने भद्रपुर नगरपालिकाको वडा नम्बर ९ र १० बाट शर्माको पार्टी नेपाली काँग्रेसले १ हजार १ सय ७१ मत ल्याउँदा एमालेले भने २ हजार ८ सय ४१ र नेकपा (एकिकृत समाजवादी) ले ७ सय ८६ मत ल्याएको छ ।

झापा क्षेत्र नम्बर १ मा गएको स्थानीय तह निर्वाचनबाट वडागत हिसाव गर्दा काँग्रेससँग २५ हजार ४ सय ८२ मत देखिन्छ । यस्तै एमालेसँग ३१ हजार २ सय २० मत छ । नेकपा (माओवादी केन्द्र) सँग ३ हजार ४ सय ७५ मत छ भने नेकपा (एकिकृत) १ हजार २ सय ३७, लोकतान्त्रिक समाजवादी पार्टीसँग १ सय ४३ तथा जनता समाजवादी पार्टीसँग ६९ मत छ । शर्माको निर्वाचन क्षेत्रमा राप्रपालगायत अन्य दलसँग ७ हजार ७ सय ८९ मत छ भने स्वतन्त्र उमेदवारको मत ४ हजार २७ छ ।

यदि ४ मंसिरको निर्वाचनमा दलहरू एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा जाने हो भने झापा क्षेत्र नम्बर १ मा नेकपा एमाले बलियो छ । उस्लाई परिणाम आफ्नो पक्षमा पार्न कुनै समस्या छैन् । स्थानीय तह निर्वाचनजस्तै सत्ता गठबन्धन भए पनि शर्मालाई चुनाव जित्न कठिन देखिन्छ । वडागत मतलाई जोड्दा गठबन्धनसँग ३० हजार २ सय ६३ मत हुन आउँछ । जबकी यो मत एमालेभन्दा ९ सय ७५ ले कम हो । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल भएका कारण राष्ट्रिय प्रजातन्त्र पार्टीको मत नेकपा एमालेका खरेललाई जान्छ । यस्ले नेपाली काँग्रेसका शर्मालाई झन ठूलो धक्का लाग्छ । झापामा एमाले र राप्रपा गठबन्धन भएकाले राप्रपाको भोटले एमालेको जित अझ सुनिश्चित बनाएको एमाले देखिन्छ ।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल भएपछि झापा ३ मा प्रतिनिधि सभा सदस्य पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलाई एमालेका नेता कार्यकर्ताले मतदान गर्ने छन् । झापा क्षेत्र नम्बर ५ का राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताहरले नेकपा एमालेका केन्द्रीय अध्यक्ष, पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोट हाल्नेछन् । २०७४ सालको निर्वाचनमा पनि झापामा वाम गठबन्धनमा राप्रपा पनि मिलेकाले शर्मा, सिटौला र झापा क्षेत्र नम्बर २ मा उद्धव थापा काँग्रेसबाट पराजित हुनुपरेको थियो । ०७४ मा राम कार्कीले ३६ हजार १ सय ७३ मत ल्याउँदा शर्माले ३३ हजार ३ सय १० मत ल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.