विश्वकप : यी हुन क्वाटर फाइनल प्रवेश गर्ने अन्तिम आठ टिम

A notice in Nepali from Mechinagar Ward No. 10

२१ मंसिर, मेचीनगर : विश्वकप २०२२ का अन्तिम आठवटा टिम तय भएका छन् । ब्राजिल, क्रोएसिया, अर्जुनटिना, नेदरल्याण्ड, मोरक्को, पोर्चुगल, इंगल्याण्ड र फ्रान्स गरी ८ टिमले प्रि–क्वाटर फाइनल चरण पार गर्न सफल भएका छन् ।
नेदरल्याण्डले अमेरिकालाई ३–१ गोलले पराजित गरी क्वाटर फाइनलको यात्रा तयगरेको थियो भने अर्जुनटिनाले अस्ट्रेलियालाई २–१ ले पराजित गरी क्वाटर फाइनलमा प्रवेश गरेको थियो ।

त्यस्तै फ्रान्सले पोल्याण्डलाई ३–१ ले पराजित गरी क्वाटर फाइनलमा प्रवेश गरेको थियो । यता इंग्ल्याण्डले सेनेगललाई ३–० गोल अन्तरले हराउदै अन्तिम आठमा आफूलाई सुरक्षित गरेको थियो । क्रोएसिया र जापान बीचको खेल बराबरी भएपछि पेनाल्टी सुटआउटमा क्रोएसिया भाग्यमानी सावित हुँदै जापानलाई ३–१ गोलले हराउदै क्वाटर फाइनलमा प्रवेश गरेको थियो ।

त्यसैगरी ब्राजिलले दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराएर अन्तिम आठमा प्रवेश पाएको छ । हिजो भएका प्रि–कवाटर फाइनलका अन्तिम दुई खेल मध्ये स्पेन र मरक्को बीच बराबरीमा खेल सकिएपछि भएको पेनाल्टी सुट आउटमा स्पेनलाई स्तब्ध पार्दै मोरक्को क्वाटरफाइनलमा प्रवेश गरेको छ भने अर्को खेलमा पोर्चुगलले स्वीजरलैण्डलाई ६–१ को फाराकिलो गोल अन्तरले हराउँदै अन्तिम आठमा प्रवेश गरेको छ ।

यसरी विश्वकपको प्रि–क्वाटर फाइनल समीकरण पुरा भएको छ भने क्वाटर फाइनलका खेलहरु २३ गतेबाट सुरु हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.