‘सामाजिक सद्भावको पर्व उधौली’

A notice in Nepali from Mechinagar Ward No. 10

२२ मंसिर, काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको पर्व उधौलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देश दिनुहुँदै उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्ने यस पर्वले प्रकृतिको सम्मान गर्दै सबै जातजातिबीच आपसी सद्‌भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको उल्लेख गर्नुभएको छ ।

प्रकृतिसँग तादात्म्यता कायम गरी जीवन निर्वाह गर्ने अभ्यस्त किराँत समुदायले जाडो मौसम सुरु भएपछि हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु भई १५ दिनसम्म विभिन्न क्रियाकलापका साथ उधौली पर्व मनाउने परम्परा रहेको उहाँको सन्देशमा उल्लेख छ ।

सन्देशमा भनिएको छ, “यस पर्वको अवसरमा किराँत समुदायका मूलतः राई, लिम्बू, याक्खा र सुनुवारहरूले नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गर्नुका साथै राम्रो फसलका लागि भूमिप्रति आभार प्रकट गर्दै भित्र्याइएका अन्नबालीमा घुन–पुतली नलागोस् र सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ । यसका साथै उधौली पर्वको अवसरमा परम्परागत भेषभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्ने प्रचलन रहेको छ ।”

विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीका रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‌भाव अभिवृद्धि गर्नुका साथै नेपालीको साझा पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको उल्लेख गर्दै शुभकामना सन्देशमा यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नसमेत सहयोग गरेको उल्लेख गरिएको छ ।  यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्‍वास राष्ट्रपति भण्डारीले सन्देशमा व्यक्त गर्नुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.