कर्मचारी सञ्चय कोषको प्रशासकमा धिताल नियुक्त

A notice in Nepali from Mechinagar Ward No. 10

२२ मंसिर, काठमाडौँ : सरकारले कर्मचारी सञ्चय कोषको प्रशासकमा जितेन्द्र धिताललाई नियुक्त गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले धितालाई प्रशासकमा नियुक्त गर्ने निर्णय गरेको हो । ०७८ भदौ देखि कोषको निमित्त प्रशासकका रुपमा काम गर्दै आएका धिताललाई सरकारले आगामी पाँच वर्षका लागि प्रशासकमा नियुक्त गरेको हो ।

कोषमा प्रशासक छनोटका लागि अर्थ मन्त्रालयले एक सिफारिस समिति बनाएको थियो । समितिले आवेदन दिएका मध्येबाट तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिस भएका तीन जनामध्ये सरकारले धिताललाई नियुक्त गर्ने निर्णय गरेको हो । धिताल चार्टर्ड एकाउन्टेन्ट हुन् । ०६५ सालमा चार्टर्ड एकाउन्टेन्टका रुपमा धिताल कर्मचारी सञ्चय कोषको जागिरमा प्रवेश गरेका हुन् । उनले अर्थशास्त्र र सूचना प्रविधिमा स्नातकोत्तर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.