स्कटल्यान्डविरुद्ध नेपालको खराब ब्याटिङ

A notice in Nepali from Mechinagar Ward No. 10

२२ मंसिर, काठमाडौँ : क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नामिबिया त्रिकोणीय सिरिजमा बिहीबार नेपालले अन्तिम खेल स्कटल्यान्डविरुद्ध खेलिरहेको छ । नामिबियाको विन्डहोकमा जारी खेलमा नेपालले खराब ब्याटिङ गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले यो समाचार तयार पार्दासम्म तीन विकेट गुमाइसकेको छ । ६ ओभरमा १६ रन बनाउदा नेपालले महत्त्वपूर्ण तीन विकेट गुमाएको हो ।

अर्जुन साउद शून्य, आसिफ शेख १ र ज्ञानेन्द्र मल्ल ९ रन बनाएर आउट भए । अहिले कप्तान रोहित पौडेल र दिपेन्द्रसिंह ऐरी मैदानमा छन् ।

जारी त्रिकोणीय सिरिजमा नेपालले दुई खेल हारेको छ भने एक खेल वर्षाका कारण नतिजाविहीन भएको थियो । बिहीबार अन्तिम खेल खेलिरहेको छ । तीन खेल जित्ने लक्ष्य लिएर नामिबिया गएको नेपालले पहिलो जित हात पार्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.