काँग्रेस नेता डालमियाँले छाडे पार्टी : अब कुनै राजनीतिक दलमा नबस्ने

A notice in Nepali from Mechinagar Ward No. 10

७ पुस, मेचीनगर : नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि विजय डालमियाँले पार्टी परित्याग गर्नुभएकाे छ । बिहीबार उहाँले आफ्नाे सामाजिक सञ्जाल मार्फत घुमाउराे पाराले पार्टी परित्यागकाे घाेषणा गर्नुभएकाे हाे । झापा मेचीनगर ६ काँकरभिट्टा निवासी सञ्चार उद्यमी, युवा व्यवसायी डालमियाँले प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद भवनमा सपथग्रहण गर्दै गरेकाे तस्वीरसहित पाेष्ट गर्दै आजबाट मिसन पूरा भएकाे उल्लेख गर्नुभएकाे छ ।

“अब राजनीतिबाट पुरै अलग रहने प्रतिवद्धता व्यक्त गर्दैँ व्यवसाय र सामाजिक कार्यलाई मात्र अगाडि बढाउने छु । आज उप्रान्त कुनै पनि राजनीतिक दलसँग आवद्धता रहने छैन् ” उहाँले लेख्नु भएकाे छ । २०४२ सालमा नेपाल विद्यार्थी संघकाे विद्यार्थी जीवनबाट राजनीति यात्रा शुरू गर्नुभएका नेता डालमियाँ २०४७ सालबाट नेपाली काँग्रेसकाे वडा सचिवहुदैँ महाधिवेशन प्रतिनिधिसम्मकाे भूमिकामा देखिनुभयाे । डालमियाँ २०७४ सालदेखि सक्रिय राजनीति जीवनबाट टाढा थिए ।

अब उहाँले स्वतन्त्र जीवन विताउने टुङ्गो पुग्नुभएकाे छ । “मेराे एउटा मिसन थियाे” उहाँले भन्नुभयाे-“मैले जुनदिन विश्वप्रकाशले संसदकाे यात्रा शुरू गर्छन् त्यसै दिनदेखि राजनीतिबाट विश्राम लिन्छु भनेकाे थिएँ । अहिले याे सपना पूरा भयाे र मैले राजनीतिबाट अलग रहने घाेषणा गरे ।

“संसद भवनमा प्रतिनिधि सभा सदस्यमा नेता शर्माले संसद छिर्न सपथग्रहण गर्दैँगर्दा नेता डालमियाँ राजनीतिबाट अलग रहेकाे घाेषणा गर्दैँ हुनुहुन्थ्यो । नेपाली काँग्रेसकाे संसदीय दलकाे नेताकालागि खुलेरै गगन थापाकाे पक्षमा उभिनु भएका डालमियाँले थापाकाे पराजितलाई लिएर याे घाेषणा नगरेकाे स्पष्ट पार्नुहुन्छ ।

हेर्नुहोस् डालमियाँको फेसबुक पोष्ट :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.