मेची उद्योग वाणिज्य संघको १८ औं वार्षिक साधारण सभा सम्पन्न

आर्थिक पत्रकारिता पुरस्कार पौडेल र काफ्लेलाई

A notice in Nepali from Mechinagar Ward No. 10

६ माघ, मेचीनगर :  मेची उद्योग वाणिज्य संघको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

प्रदेश १ का विना विभागिय मन्त्री तीलबिक्रम मेयाङवोले तीन खम्वे नीतिलाई निजी क्षेत्रले आत्मसाथ गरेर अघि बढिरहेको बताएका छन् । शुक्रबार धुलाबारीस्थित कृष्ण पाटी प्यालेसमा आयोजना गरिएको मेची उद्योग वाणिज्य संघको १८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री मेयाङवोले सरकारको तीन खम्बे नीतिलाई निजी क्षेत्र, सहकारीलगायतले मुलुकको अर्थतन्त्र उकास्न मुख्य भूमिका निर्वाह गरिरहेको बताए ।

मेचीनगरले वित्त विकास, राजनीतिक र सामाजिक कार्यमा महत्वपूर्ण भुमिका खेलिरहेको मन्त्री मेयाङवोको भनाई छ ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री मेयाङवो, झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रदेश नं.१ प्रदेशसभा सदस्य सबिना बजगाई, पूर्व प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरिया, नेपाली कांग्रेस नगर सभापति सुदय पनेरु, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङ, मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु नरेन्द्र खड्का, केशवराज पाण्डे, विजय डालमिया, पंकज विक्रम नेम्बाङ, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीलगायत उपस्थिति रहेको थियो ।

साधारण सभामा संस्थाले २ जना पत्रकारलाई आर्थिक पत्रकारिता पुरस्कारद्वारा सम्मान गरेको छ । सम्मानित हुनेहरुमा जन-संसद अनलाइनका सञ्चालक/सम्पादक मुक्ति पौडेल  र  निर्माणलहर साप्ताहिकका सम्पादक रोहित काफ्ले हुन् ।

उनीहरुलाई जनहि १५ हजार रुपैयाँका दरले पुरस्कृत गरिएको थियो । पत्रकार छनोट समितिका सदस्य नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले सम्मानित दुबैजनाको सम्मान पत्र वाचन गरेका थिए ।

उद्घाटन कार्यक्रमको स्वागतसहित अध्यक्षको प्रतिवेदन मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले प्रस्तुत गरेका थिए भने सञ्चालन महासचिव ध्रुब कनालले गरे । यहि माघ २१ गते नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.