मेची पुलबाट एयरगन र पेस्तोलसहित चार भारतीय पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

२४ माघ, मेचीनगर : मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट एयर गनसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधान नगरका २० वर्षीय ओम साह, २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मोहम्बद सुल्तान सुसेन र २० वर्षीय बिटु सरकार रहेका छन् ।

सोमबार बिहान साढे ११ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेची पुलमा चेकजाँचको क्रममा संकास्पद अवस्थामा भारतबाट नेपालतर्फ आउदै गरेका उनीहरुको साथबाट एयर गन २ थान, एयर पेस्तोल १ थान र एयर गनमा प्रयोग हुने छर्रा गोली १७० पिस बरामद गरेको थियो ।

सो एयर गन र गोलीसहित पक्राउ परेका चारै जनाको हातहतियार खजनामा मुद्वा दर्ता भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.