सन्दीप आईसीसी विश्वकप लिग २ खेल्न यूएई प्रस्थान

A notice in Nepali from Mechinagar Ward No. 10

१७ फागुन, काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आईसीसी विश्वकप लिग २ खेल्न युनाइटेड अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन्।

बुधबार नागरिक न्युजसँग कुरा गर्दै सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले उनको फ्लाइट तीन बजे रहेको र अहिले उडिसकेको बताएका हुन्।

उनले भने, ‘हामीले अदालतमा सकाउनु पर्ने कामहरु करिब १ बजे सकाएका थियौँ। त्यसपछि सन्दीप एयरपोर्ट गएका हुन्। उनीसँग एक जना क्यानका सदस्य पनि गएका छन्। उनले भोलिको म्याच खेल्ने छन्।’

नेपाली क्रिकेट टिम युएई र पपुवान्यूगिनीविरुद्धको म्याच खेल्न शनिबारनै युएई पुगेकाे छ। भोलि नेपाल र युएई बिच आईसीसी विश्वकप लिग २ को खेल हुँदैछ। यदि सन्दीपलाई आईसीसीले खेल्ने अनुमति दिएमा भोलिको खेल खेल्नसक्ने भएकाले सन्दीप आजै युएई गएका हुन्।

काठमाडौं जिल्ला अदालतले काठमाडौं बाहिरसहित विदेश जान रोक लगाएकाले सन्दीप सो टिममा नपरेपछि उनले समावेश हुन पाउने पर्ने मागसहित ११ गते पुनरावेदनकोलागि सर्वोच्च गएका थिए। उक्त पुनरावेदन शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले हेरेको थियो। तर उक्त रिटमा अग्राधिकार दिँदै आइतबारलाई सुनवाइ सारेको थियो। त्यसपछि न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो भने उनीहरुको इजलासले साेमबार सन्दीपलाई विदेश जाने अनुमति दिएको हो।

आइसिसी विश्वकप लिग–२ अन्तर्गतको युएईमा हुने ४ मध्ये तीन खेल बाँकी रहेको छ। एक खेलमा नेपालले पपुवा न्यूगिनीलाई हराईसकेको छ। यो श्रृखलाको अन्तिम ४ खेल भने नेपालमै हुनेछ।

यद्यपि लामिछानेविरुद्धको नाबालिग किशोरी बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौँमै विचाराधीन छ। उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटी र १० सर्तसहित रिहा गरेको थियो। त्यसपश्चात् उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने मागसहित महान्यायाधिवक्ता कायालयले १७ गते सर्वोच्चमा निवेदन दिएको थियो। उक्त निवेदनमा माघ २० गते सर्वोच्चले पाटन उच्च अदालतको फैसलाको मिसिल (कैफियत प्रतिवेदन) झिकाउने आदेश दिएको थियो।

गत भदौ ५ गते एक १७ वर्षकी बालिकालाई ललाइफकाई नगरकोट घुम्न लगेको र त्यहाँबाट नियत बस ढिलो गरी राति तिलगंगास्थित एक होटलमा ल्याएर बलात्कार गरेको आरोप उनीमाथि छ। मुद्दामा कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस भएको थियो। थुनछेक बहसपछि जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई ‘मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश’ दिएको थियो।

सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान) को बोड बैठकले माघ १८ गते बुधबारे निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो। राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो।

सन्दीपलाई छनोट समितिले भने माघ १९ गते राष्ट्रिय टिममा आवश्यक परेको भन्दै टिममा समावेश गरेको थियो। टिममा समावेश भएसँगै उनकाे उत्कृष्ट प्रदर्शनमा नेपालले लिग २ क्लिन स्व्पि समेत गरेको थियो भने लिग २ मा ५० विकेट पूरा गर्ने समग्रमा तेस्रो तथा नेपालका लागि पहिलो खेलाडी समेत हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.