वित्तीय गुन्डाराज विरुद्ध झापामा विप्लवको जनसभा , विभिन्न संघर्षका कार्यक्रमको घोषणा 

A notice in Nepali from Mechinagar Ward No. 10
बिर्तामोड : नेपाल कम्युनिस्ट पार्टी झापाको आयोजनामा आज झापाको बिर्तामोडमा बृहत् विरोध प्रदर्शन तथा जनसभा सम्पन्न भएको छ।
विर्तामोडको मुक्तिचोक स्थित हनुमान कम्प्लेक्सको प्रांगणमा भएको जनसभा कार्यक्रमलाई चर्चित गोर्खा जेल ब्रेककि कमान्डर उमा भुजेल ( शिलु) र पार्टीका मेची ब्युरो इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य सुमनसिंहले सम्बोधन गरेका थिए।
दिउँसो दुईबजे पश्चिम बस स्टेन्ड बाट शुरु भएको विरोध प्रदर्शन र्‍याली पुरानो भद्रपुर रोड नजिकैबाट बजार परिक्रमा गरी हनुमान कम्प्लेक्सको प्रांगणमा आइपुगेर जनसभा शुरु भएको थियो ।
झापामा पछिल्लो समय मिटरब्याजी, लघुवित्त , बैंक तथा वित्तीय संस्थाहरुको ज्यादती बढ्दै गएपछि निरन्तर यसका विरुद्ध प्रतिरोध र संघर्ष गर्दै आएको उक्त पार्टीले आज पीडितहरु सहितको जनसभा गरेको हो ।
जनसभालाई सम्बोधन गर्दै कार्यक्रमकि प्रमुख अतिथि उमा भुजेलले बैंक, वित्तीय संस्था र मिटरब्याजीहरुका विरुद्ध पार्टीले समेत संघर्ष गर्दै आएकाले पीडित जनताहरु गोलबद्व भएर ज्यादतीका विरुद्ध प्रतिकार गर्नुपर्ने बताइन् ।
अहिले राज्य सत्तामा बसेर भागबन्डा गर्दै सत्ता हत्याउने एमाले, काङ्ग्रेस , माओवादी लगायतका संसदीय पार्टीले नै यो परिस्थिति सिर्जना गरेको र गुन्डागर्दी संरक्षण गरेको भन्दै भुजेलले अब तिनिहरुका बिरुद्ध जस्तोसुकै कदम चाल्न आफ्नो पार्टी तयार रहेकाले जनताले पनि यसमा साथ दिनुपर्ने बताइन् ।
उनले जतिसुकै नयाँ जोगी आएपनि दलाल संसदीय व्यवस्थाको अन्त्य नभएसम्म जनताका समस्याको समाधान नहुने र जनजिवन झनै कष्टकर बन्दै जाने बताउँदै अब जनतालाई व्यवस्था छान्न दिनको लागि जनमतसंग्रह गरिनुपर्ने समेत उनले बताइन् ।
उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ५० जना युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्,। नवप्रवेशिहरुलाई कार्यक्रम कि प्रमुख अतिथि भुजेल लगायत  पार्टीका केन्द्रीय सदस्य,तथा इलाम इन्चार्ज मौसम, मेची ब्युरो इन्चार्ज सुमनसिंह झापा इन्चार्ज प्रशान्तले खदा र अविर लगाएर पार्टी प्रवेश गराएका थिए।
उक्त जनसभामा नेकपाले झापाका विभिन्न होटलमा खुलेआम हुने यौनधन्दा, लागुऔशध, मिटरब्याजी, वित्तीय संस्थाहरुको ज्यादती लगायतका विषय विरुद्ध चरणबद्व संघर्षको घोषणा समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.