७ लाख बढी नक्कली नेपाली नोटसहित महिला पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

१२ वैशाख, जनकपुर : ७ लाख ७१ हजार ५ सय नक्कली नेपाली नोटसहित धनुषा प्रहरीले एकजना महिला कारोवारीलाई पक्राउ गरेको छ । फोटोकपीजस्तो गरिएको र सजिलै ठम्याउन सकिने नेपाली नक्कली नोट ती महिलाले भारतबाट ल्याएर जनकपुर बजारमा चल्नचल्तीमा ल्याउन खोजेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमका अनुसार धनुषा, बिदेह नगरपालिका–६ बस्ने २५ वर्षीया अनुकुमारी साहलाई जनकपुरको जिरोमाइलस्थित बसपार्कबाट नक्कली नोटसहित पक्राउ गरिएको हो ।

साहले सोमबार अपरान्ह कालो ब्याग बोकेर बसपार्कमा यताउता डुलिरहेको अवस्थामा शंका लागेर जाँच गर्दा नक्कली नेपाली नोट बरामद भएको डीएसपी गौतमले बताए ।

‘साहले भारतबाट ल्याएको नक्कली नेपाली नोटमध्ये १० हजार रुपैयाँ जनकपुरका एक युवकलाई दिएको स्वीकारेकी छन,’ डीएसपी गौतमले कान्तिपुरसँग भने, ‘ती युवकको पनि खोजतलास भइरहेको छ । उनीलाई नक्कली नोट सप्लाई गर्ने सप्लायरलाई पनि ट्रेस गरिसकेका छौं ।’

साहसँग बरामद भएको एक हजार र पाँचसय दरको धेरैजसो नोटमा एउटै खाले नम्बर छ । सक्कली नेपाली नोटजस्तो कागज नभएर नक्कली नोटको खस्रो र मोटो छ । नक्कली नोटको मसी पनि सक्कली भन्दा अस्वभाविक र भद्दा देखिन्छ । साहको कालो ब्यागबाट ज३४७५०६६६ नम्बर भएको एक हजार दरको २५ थान नोट बरामद भएको छ ।

यस्तै, क्ष ७९५५४३२३ नम्बर भएको एक हजार दरको २४ थान, ट२१६१३३४ नम्बर भएको एक हजार दरको २१ थान, क्ष४८०६८७३४ नम्बर भएको एक हजार दरको एकसय ५ थान नोट र छ७००९५४५० नम्बर भएको एक हजार दरको एकसय ६ थान नोट बरामद भएको धनुषा प्रहरीले जनाएको छ ।

यसैगरी, ङ८१७०४८५८ नम्बर भएको पाँचसय दरको एकसय ४१ र च५५६५२७६४ नम्बर भएको पाँचसय दरको १ सय ४२ वटा नोट बरामद भएको डीएसपी गौतमले जानकारी दिए ।

‘खस्रो कागजमा फोटोकपी गरेजस्तो देखिन्छ नक्कली नेपाली नोट,’ डीएसपी गौतमले भने, ‘थोरै ध्यान दिएर हेरे नक्कली/सक्कली नोट सजिलै छुट्ट्टयाउन सकिन्छ ।’ उनकाअनुसार भारतबाट नेपाली नक्कली नोट नेपालमा ल्याएर चलनचल्तीमा ल्याउन खोज्ने गिरोह सक्रिय रहेको सूचनापछि सीमा नाका र सहरी क्षेत्रमा प्रहरीको निगरानी बढाइएको छ ।

‘नक्कली नेपाली नोटको कारोवार गर्नेमा अरु पनि संलग्न रहेको हाम्रो अनुमान छ,’ उनले भने,‘त्यसैअनुरुप निगरानी र अनुसन्धान बढाएका छौं ।’ नेपाली नक्कली नोटसहित पक्राउ परेकी साहले एकलाख रुपैयाँ सक्कली नोट दिएर भारतबाट दुईलाख रुपैयाँ नक्कली नोट सटही गरेर ल्याएको प्रहरीलाई बयान दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.