प्रधानमन्त्री प्रचण्ड आज साँझ ४ बजे स्वदेश फर्किंदै

A notice in Nepali from Mechinagar Ward No. 10

२० जेठ, झापा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा यही जेठ १७ गते भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कन लागेका हुन् ।

भारत भ्रमणको क्रममा पहिलो दिन प्रधानमन्त्री दाहालले भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए भने उनी सोही दिन नयाँ दिल्लीस्थित नेपाली राजदुतवासले आयोजना गरेको रात्री भोजमा सहभागी हुन पुगे ।

जेठ १८ गते प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । सोही दिन नेपाल–भारतका बीचमा ७ बुँदे सहमतिसमेत भएको थियो । मुख्यतः सो सहमतिमा नेपालको जलबिद्युत भारतमा निर्यात गर्ने बिषयलाई प्राथमिकता दिएको थियो ।

भारतसँग भएको सहमति अनुसार १० वर्षमा भारतले १० हजार मेघावाट विजुली खरिद गर्ने जनाएको थियो । भारतीय प्रधानमन्त्रीले पहिलो पटक सीमा विवादका बारेमा बोल्दै समस्या हल गर्ने जनाएका थिए ।

जेठ १९ गते महाराष्ट्रको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा उनी पुजाअर्चना गर्न पुगेका थिए । भारतका १२ ज्योर्तिलिङ मध्ये एक महाकालेश्वर मन्दिरमा पुजा अर्चना गरेका प्रचण्डले नेपालवाट लगिएको १०८ केजी रुद्राक्ष तथा ५१ हजार रुपैया दानसमे गरे ।

उनले सो क्रममा मन्दिर भित्र पुजापाठसहित श्रीमती सीता दाहालको स्वास्थ्य लाभको कामना गर्दै आरतीसमेत गरेका थिए । दिउँसो इन्दौर देवगुराडिया ट्रेचिङ ग्राउन्डमा स्थापित एशियाको सबैभन्दा ठुलो नेप्रा र सिएनजी प्लान्टको अवोलकन गरेका थिए ।

आज जेठ २० गते पनि प्रधानमन्त्री प्रचण्ड बिहानभरी ब्यस्त रहने छन । बिहान महाराष्ट्रस्थित टाटा कन्सेल्टेन्सी सर्भिसको भ्रमण गरे पछि विज्ञान प्रबिधिसम्बन्धि विश्व प्रसिद्ध संस्था इन्फोसिसको भ्रमण गर्नेछन् भने स्पेशल इकोनोमजी जोनको भ्रमण सके पछि प्रधानमन्त्री प्रचण्ड अपरान्ह १२ बजे पछि आफनो औपचारिक कार्यक्रम सम्पन्न गर्नेछन ।

उनी साँझ ४ बजे नेपाल एअरलाइन्सको विमानमार्फत मुम्बईबाट स्वदेश फर्कनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.