सौन्दर्य शास्त्रमा भयवादको प्रयोग

A notice in Nepali from Mechinagar Ward No. 10
सी. एन. गौतम

केहिदिन अघि एक अनलाइनमा प्रकाशित लेखक माणिकुमार लिम्बूको ” सौर्न्दर्यशास्त्र र बजारीकरण ” लेख हेर्ने मौका मिल्यो । उनले बहुतै सुन्दर रुपले प्रस्तुत गरेका त्यो लेख मेरा लागि बिलकुल नयाँ ज्ञान थियो। यसबारे म अनभिज्ञ रहेछु।

उनको अनुसार मानिस सुन्दर हुन चाहन्छ । अर्को  भन्दा राम्रो तथा सुन्दर हुन चाहन्छ । अरुबाट आफ्नो ध्यान खिच्न चाहन्छ । त्यस्को लागि ऊ विभिन्न किसिमका उपायहरु अपनाउन तयार हुन्छ र बजारमा उपलब्ध भएसम्मका सौन्दर्य सामग्री प्रयोग गर्न खोज्दछ, अझ यो जिज्ञाषा किसोर तथा युवाहरुमाझ असाध्य धेरै हुने गर्दछ ।”

सौन्दर्यको खोज र अनुसन्धानमा आधारित रहेको कुरोलाई बढो सहज ढङ्गले बुझ्ने गरी मणिकुमार लिम्बूले प्रस्तुत गरेका छन् ।
मैले यही लेखलाई केही रिफ्रेन्स बनाएर एउटा नयाँ लेख तयार पार्दैछु। वास्तवमा सौर्न्दर्यशास्त्रभित्र पनि भयवाद लुकेको हुन्छ भन्ने मैले आभाष गरेको छु।

के हो भयवाद ?
नेपाली दार्शनिक देश सुब्बाले प्रतिपादन गरेको एउटा नयाँ दर्शनको रुपमा भयवाद अघि बढेको छ। भयवाद `भय ` र ´वाद ` शब्दको संयोजनबाट बनेको छ। भय भन्नाले सामान्यतया डर त्रास र वाद भन्नाले विचार भन्ने बुझिन्छ।भय जीवन र जगतमा व्यप्त छ। यसको उद्गम विन्दु चेतना हो।चेतनाले जीवनलाई देख्छ र जीवनले संसार देख्छ।वास्तवमा जीवनसँग जसरी सम्बन्धित चिकित्सा विज्ञान, वैज्ञानिक आविस्कार, अस्तित्ववाद, मार्क्सवाद, जीवनवाद, मनोवाद, अध्यात्मकवाद सबै नै सापेक्षित छन् त्यसरी नै भए भयवाद पनि सापेक्षित भएर नै अगाडि आएको छ।


सौन्दर्यशास्त्रमा भयवादको मेल:

मानौं, यहाँ कुनै एक युवती प्रेममा परेकी छिन् भने उनले आफ्नो प्रेमीको सारा ध्यान आफूसँग खिच्न चाहन्छिन्। त्यसको लागि उनी जति सुन्दर छिन् त्यो भन्दा बढी सुन्दर हुन हरेक उपाय गर्छिन्। यसो गर्नुको मतलब हो उनीभित्रको भय किनभने उनीभन्दा अर्को युवती राम्रो आई भने उनको प्रेमीको ध्यान त्यतै जानेछ। यसरी यहाँ भय उत्पन्न भएको छ।

त्यसैगरी कुनै एक विद्यार्थीले राम्रो अङ्क ल्याउन सक्दिन होला भनेर उसको मनमा भय उत्पन्न भएपछि अक्षर सुन्दर बनाउन थाल्छ।किताबका अक्षरहरु सुन्दर देख्न थाल्छ।त्यसरी नै समाजका हरेक मानिस आफ्नो सुन्दर भविस्यको कल्पना गरेर नै हरेक क्षेत्रमा अघि बढ्छ तर उसलाई अघि बढ्न हौसला दिने काम भयवादले गरेको हुन्छ।

कुनै बेला एक पुराणमा एक प्रवचकले प्रवचन दिदा यसो भने” वास्तवमा हाम्रो उमेर ४० वर्षको मात्र थियो ,जब यमराज हामीलाई लिन आए ,त्यतिखेर हामीले उनलाई झुक्याइदियौँ, सेतो कपालमा कालो रङ दलिदियौ,चाउरीपन हटाउन अनेक किसिमका क्रीम लगायौँ,मेक अप गर्यौँ,झरेका दाँत भर्‍यौँ।”

यसो भन्दा त्यहाँ बस्ने सबैजना बढो चित्तबुझ्दो ढङ्गले खितिति हाँसे ।यसको मतलब हामी चाडैं बुढो हुने र आफ्नो कालगति रोक्ने भयले सुन्दर हुन खोजिरहेका छौँ ।

सौर्न्दर्य शास्त्रबारे लेख लेख्नेक्रममा मणिकुमार लिम्बूले एक ठाउँ यस्तो उदाहरण दिएका छन् “जब कुनै एक जोडी प्रेममा परेर विवाह गर्छन् आपसमा बडो प्रेम गर्छन् एकले अर्कोलाई खुबै प्रशंसा गर्छन् एक अर्का बिना बाँच्नै नसक्ने कसम समेत खान्छन तर त्यही जोडी भविष्यमा गएर सम्बन्ध विच्छेद गर्ने घटनामा पुगे पछि एकले अर्कालाई हेर्न समेत रुचाउदैनन। बाटोमा जम्का भेट भए पनि आँखा तर्केर हिडछन् आखिर त्यस्तो किन हुन्छ हिजो सम्म त्यो मानिस जसलाई संसारकै सुन्दर देखेको ऊ बिना बाँच्नै नसक्ने तर सम्बन्ध विच्छेदपछि सबै किन एक्कासी परिवर्तन हुन्छ ?”

वास्तवमा यो सबै सुन्दर हुन जबर्जस्ती गरिएको अभिनयको परिणाम हो।गल्ती गर्दै गए सम्बन्ध विच्छेद हुनसक्छ भन्ने भय दुवैमा हुनुपर्थ्यो।
दार्शनिक देश सुब्बाले भयसँगै अर्को तथ्य पनि उजागर गरेका छ्न् ” अँध्यारोमा देखिएको डोरीलाई सर्पको भयले छोपेपछि सर्प नै देखिन्छ तर चेतनाले त्यो डोरी देख्न सकिन्थ्यो ।त्यसकारण भयमा चेतनाको सुन्दर प्रयोग हुन आवश्यक छ।”आफ्नो बुवा आमा जति बुढो भएपनि सुन्दर देखिनु,चेतनाले गर्दा हो।

देखिएको सुन्दर गुलाबको फूल टिप्न काँडाको भए हुने गर्दछ तर काँडा नहुदा पनि गुलाब सुन्दर देखिदैन। त्यसैले यहाँ आफ्नो आफ्नो गल्तीको भ्रमलाई सुन्दरताको विश्वासले ढाक्न सक्नुपर्छ ।

अत:देश सुब्बाको भयवादलाई फरक फरक वाद र चिन्तनसँग राखेर अध्ययन र प्रयोग गर्दा गर्दै मैले सौर्न्दर्य शास्त्रसँगको प्रयोग गरेको छु । यो कति उचित हुनेछ भन्ने कुरा पाठकको हातमा छोडेको छु।)

(समाजशास्त्रमा स्नातकोत्तर गरेका लेखक शिक्षण पेशामा आवद्ध छन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.